2026 August 28/ 04:11: 23am

बनेपा/जापानको गोचु नगरपालिकाको टोलीले बनेपाका विभिन्न उद्योग तथा फार्महरुको भ्रमण गरेका छन् । नेपाल र जापन बीचको व्यापारिक सम्बन्ध मजबुद बनाउन नगरपालिकाको विभिन्न स्थानमा रहेको उद्योग तथा फार्महरुको भ्रमण गरेको नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताए । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारीहरुले जापानीज टोलीलाई नगरपालिकामा स्वागत गरेका थिए । स्वागत पश्चात उनीहरुले बनेपा नगरपालिकाको वडा नं १ स्थित नगरकोट भ्यू टावर, वडा नं २ स्थित श्वेत बाराही माध्यमिक विद्यालय, वडा नम्वर ४ स्थित कृषि फार्म, विभिन्न औषधी उद्योग, दूग्ध डेरी उद्योग लगायतका विभिन्न उद्योगहरुको भ्रमण गरेको प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए । जापनको ख्याती प्राप्त निर्माण कम्पनी, खाद्य उत्पादन कम्पनी, शैक्षिक क्षेत्र, पर्यटन लगायतका क्षेत्रमा उद्यमी तथा व्यवसायीहरुले ३ दिनसम्म बनेपा नगरपालिकाको विभिन्न उद्योग तथा फार्महरु अवालेकन गर्ने नगर प्रमुख शाक्यले बताउनुभयो । २ महिना अघि बनेपा नगरपालिकाका जनप्रतिनिधिहरुले जापानको गोचु शहर भम्रण गरेका थिए ।