प्याब्सनसँग अन्र्तक्रिया
धुलिखेल/धुलिखेल अस्पतालले नीजि विद्यालयका संचालक तथा विद्यालयका प्रिन्सिपलहरुसँग विद्यालयका बालबालिकाहरुलाई ‘सिमुलेसन ल्याव’ को उपयोगिताका बारेमा जानकारी गराएको छ । प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले अस्पतालमा रहेको सिमुलेसन ल्याव प्रभावकारी भएकाले बालबालिकाहरुका लागि आवश्यक रहेको बताए ।
अस्पतालका मिडिया तथा कम्युनिकेशन विभाग प्रमुख बरिष्ठ स्त्रि रोग विशेषज्ञ डा. सुमन ताम्राकारले काभ्रेपलाञ्चोक जिल्ला तथा अस्पतालले सेवा दिन सक्ने स्थानका विद्यालयका बालबालिकाहरुलाई सिमुलेसन ल्यावको उपयोगिताका बारेमा जानकारी गराउने प्रयास गरिएको बताए । ‘हामी अधिकांश बालबालिकाहरु तथा शिक्षकहरुले समेत सिमुलेसन ल्यावका बारेमा जानकारी गराउने प्रयत्न गरिरहेका छौं’– विभाग प्रमुख डा. सुमन ताम्राकारले भने–‘सिमुलेसन ल्यावले बालबालिकाहरुलाई दिईदै आएको ज्ञानसँगै सिपको पनि विकास हुनेछ ।’ विद्यालयहरुले अनुकुलतामा बालबालिकाहरुलाई अस्पतालमा रहेको सिमुलेसन ल्यावका बारेमा जानकारी गराउने छन् । सिमुलेसन ल्यावमा रहेको सर्कल अफ लर्निङका बारेमा अस्पतालका लेक्चरर ज्योत्सना तुई तुईले प्याब्सनका पदाधिकारीहरुलाई जानकारी गराएकी थिईन् ।
नीजि विद्यालयका प्रिन्सिपलहरुले अस्पतालमा रहेको सिमुलेसन ल्यावबाट विद्यार्थीहरुले उपयोगी ज्ञानसँगै सिप लिन सक्ने बताए ।





