मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं, पञ्चकुमारी बहुउद्देश्यीय सहकारी लिमिटेडको १६ औं, बासडोल सामुदायिक बहुउदेश्यीयको १७ औ, समृद्धी साकोसको १५ औं, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारीको १४ औं, पानस साकोसको १५ औ, आदर्श बचत तथा ऋण सहकारीको १५ औं सभा, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारण सभा सम्पन्न भएको छ । पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारीको १५ औं, बनेपाको परिकल्पना साकोसको १३ औ सभा सम्पन्न भएको छ । बेथानचोक नारी चेतना साकोसको पनि सभा सम्पन्न भएको छ ।
बनेपा/जिल्लाका विभिन्न स्थानमा रहेका सहकारीका साधारण सभा सम्पन्न भएका छन् । जिल्लाको बनेपामा केन्द्रिय कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ साधारण सभा सम्पन्न भएको छ ।
त्यस्तै बनेपामा रहेको पञ्चकुमारी बहुउद्देश्यीय सहकारी लिमिटेडको १६ औ सभा, बासडोल सामुदायिक बहुउदेश्यीयको १७ औ सभा, समृद्धी साकोसको १५ औं सभा , पानस साकोसको १५ औ सभा, आदर्श बचत तथा ऋण सहकारीको १५ औ सभा सम्पन्न भएको छ । पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारीको १५ औ सभा, परिकल्पना साकोसको १३ औ सभा सम्पन्न भएको छ ।
मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ सभा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफसकुनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष बालकृष्ण दाहालले संस्थाको समग्र प्रगतिका बारेमा जानकारी दिदै सहकारीले नमुना कार्यका लागि निरन्तर सेवा प्रदान गरिरहेको बताए । ६ करोड ९ लाख १० हजार मुनाफा गरेको सहकारीमा ८ हजार ७ सय ६९ शेयर छन् । २४ करोड ९९ लाख ३७ हजार ३ सय शेयर पुँजी रहेको सहकारीमा १ अर्ब ५८ करोड ५ लाख ९४ हजार ३३ रुपैया निक्षेप रहेको छ । १ अर्ब ७२ करोड २ लाख १५ हजार रुपैया ऋण लगानी गरेको संस्थाले शेयर सदस्यहरुका लागि विभिन्न सेवा प्रदान गरिरहेको छ । अध्यक्ष बालकृष्ण दाहाल, उपाध्यक्ष गोपालप्रसाद घिमीरे, सचिव होमनाथ ढुङ्गेल, कोषाध्यक्ष विदुरप्रसाद घिमिरे, लेखा संयोजक मोटप्रसाद सापकोटा लगायतले संस्थाका बारेमा जानकारी गराएको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले जानकारी दिए ।
सभामा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशवप्रसाद दंगाल, जिल्ला सहकारी संघका उपाध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सत्यदेवी भट्टराई लगायत सहकारी अभियान्ताहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा संस्थाका उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।
पञ्चकुमारी बहुउद्देश्यीय सहकारीको १६ औ सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । ६ करोड २९ लाख ८९ हजार ६ सय ४४ रुपैया बचत रहेको सहकारीमा १ करोड ४८ लाख शेयर पुँजी रहेको छ । उपाध्यक्ष आनन्द दाहाल, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष लोकमणी दाहाल, लेखा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद अधिकारीले संस्थाका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । १ हजार ३३ सदस्य रहेको उक्त संस्थाले एक वर्षको अवधीमा ३० लाख मुनाफा गरेको छ । संस्थाले महिला सदस्यहरुको हकमा प्रसुती भत्ता उपलब्ध गराउँदै आएको छ भने दुर्घटना बीमा, रायासयनिक मलको ब्यवस्थापन तथा बाल बचतकर्ताहरुलाई स्टेशनरी वितरण लगायतका कार्यहरु गरेको ब्यवस्थापक गंगा दाहालले बताईन् । सभामा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सल्लाहकार नवराज बजगाई, अटल पाँचकुण्ड सहकारीका उपाध्यक्ष कमल राय, संस्थाका सल्लाहकार तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । सोहि अवसरमा उत्कृष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ सभा नेफ्सकुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको प्रमुख आतिथ्यता तथा अध्यक्ष काजीबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष खत्री, उपााध्यक्ष चण्डेश्वरी मुनाकर्मी, सचिव भरत राउल, कोषाध्यक्ष बसुन्धरा अचार्य, सदस्य ज्ञानदास श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति संयोजक बालकृष्ण प्रजापति लगायतले संस्थाले गरेका प्रगति तथा अवस्थाका बारेमा जानकारी गराएका थिए । सहकारीले चालु वर्षको अन्त्यमा २ हजार ९ सय ५५ शेयर सदस्यबाट २ करोड ३५ लाख ७६ हजार शेयर पुँजी सकलन गरी १८ करोड ८ लाख ५ हजार बचत संकलन गरेको छ भने १५ करोड ९८ लाख ३८ हजार ऋण लगानी गरेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीनारायण ताम्राकार, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, उद्यम साकोसका अध्यक्ष रोशनकुमार श्रेष्ठ, जिल्ला सहकारी संघका शम्भुलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद आचार्य, बागमती प्रदेशकी लक्ष्मी पन्त तिवारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले संस्थाले गरेका गतिवीहरुका सन्र्दभमा धारणा राखेका थिए ।
त्यस्तै स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारण सभा सम्पन्न भएको छ । असोज १७ गतेबाट शुरु भएको सभा शनिबार सम्पन्न भएको हो । कानूनी सल्लाहकार रमेशप्रसाद हुमागाईको प्रमुख आतिथ्यता तथा अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना दिएका थिए । २ हजार ६ सय ८७ जना शेयर सदस्य रहेको उक्त संस्थामा कुल बचत १३ करोड ३८ लाख ७६ हजार ५ सय ६६ छ भने १३ करोड ५५ लाख ८७ हजार ६ सय १८ रुपैया ऋण लगानी रहेको छ । संस्थामा शेयर पुँजी २ करोड २४ लाख ६२ हजार ३ सय रहेको छ ।
त्यस्तै आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष उदयराम कायश्थको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उमेश मानन्धरको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न क्षेत्रका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
सचिव निरञ्जन मानन्धर, कोषाध्यक्ष विकास मानन्धर, लेखा सुपरिवेक्षण समितिका संयोजक प्रमिश जोशीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थामा १२ करोड १८ लाख ७२ हजार ८ सय ९२ कुल कारोवार भएको छ भने १ करोड ६९ लाख २२ हजार शेयर पुँजी रहेको छ । ९ करोड ८५ लाख २६ हजार बचत संकलन गरी ८ करोड ८४ लाख १८ हजार ५ सय ३३ रुपैया ऋण लगानी गरिएको छ । कार्यक्रममा काभ्रे लेडि जेसिजकी अध्यक्ष बुद्धलक्ष्मी मानन्धर, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।
त्यस्तै बेथानचोक नारी चेतना साकोसको २६ औं साधारण सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष तारा राना तिमल्सिनाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता अध्यक्ष अम्बिका थापा मगरले गर्नु भएको थियो । अधिबेशनको बन्द सत्रले पुनः अम्बिका थापा मगरको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष अमृता कोइराला, सचिवा अस्मिता लामा, कोषाध्यक्ष शान्ति खत्री निर्विरोध चयन भएका छन् । सदस्यहरुमा अनिता मगर, इन्दिरा थापा महत, उमा महत, दुर्गा दाहाल, निशा तामाङ, रुपा लामा, सरु लामा रहेका छन् भने लेखा सुपरीवेक्षण समितिमा संयोजक दिपा श्रेष्ठ र सदस्यहरुमा अस्मिता लामिछाने गुरागाई र निर्मला तामाङ रहेका छन् । संस्थाका प्रवन्धक वीवीरेन्द्र श्रेष्ठका अनुुसार सभाको उद्घाटन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामा, वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, नारी चेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल, वडा सदस्य दिलकुमारी लामा, सरस्वती मा.विका व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर केसी लगायतले मन्तब्य राखेका थिए । सभामा प्रगति प्रतिवेदन सचिव अनिषा थापा मगरले प्रस्तुत गरेकी थिईन भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ति खत्रीले प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने डा. सविना कार्की, डा. सम्झना केसी, अस्मिता कार्की, गंगा विसुन्केलाई सम्मान गरिएको थियो । सहकारीका सदस्यहरुलाई साबुन बनाउने तालिम दिने प्रशिक्षक बिमला श्रेष्ठलाई सोहि अवसरमा सम्मान गरिएको थियो ।





