2026 August 26/ 07:04: 32pm

धुलिखेल/काठमाडौ विश्वयिवद्यालयमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गरेका छन् । सभामा उपकुलपति प्रा.डा भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, नेपालका लागि गणतन्त्र कोरियाका राजदुत, कोईकाका प्रतिनिधी, प्राध्यापकहरु लगायतको सहभागिता रहेको थियो । 
    नेपालको विद्वत्वर्ग, कूटनीतिज्ञहरू, नीतिनिर्माता र खोज–अनुसन्धानदाताहरू समेत सहभागि भएका उक्त कार्यक्रममा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले आजको युग विज्ञान–प्रविधी, नवप्रवर्तन र उद्यमशीलताको भएको बताए । ‘नेपाल अपेक्षित गतिमा विकासको मार्गमाअघि बढ्न नसक्नुको कारण इतिहासका महत्वपूर्ण कालखण्डमायी क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि पर्नु नै हो । भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प हामीसँग छैन’–राष्ट्रपति पौडेलले भने–‘मानव मस्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृतिम विद्वताले मानव सभ्यताका सामू खडा गरेकाचुनौतीलाई पनि पारलगाउँदै अगाडि बढ्नु पर्ने छ । मानावतामैत्री, दिगो र न्यायपूर्ण विकासकालागि खोज, अनुसन्धान, नवप्रर्वतन र प्रविधिकापरिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्धहुनु अपरिहार्य छ । नेपालकैप्रविधि र नवप्रवर्तनका लागि नमूना आधुनिक केन्द्रका रुपमा स्थापित यस केन्द्रले यी सबै पक्षमा महत्वपूर्ण यागदान गर्नेछ ।’ 
    भवनबाट अनुसन्धान तथा नविन प्रविधिको सुरुवात भएको महशुस भएको राष्ट्रपति पौडेलले बताए । नेपालको प्राज्ञिक वातावरणमा प्रतिष्ठापूर्ण साख स्थापित गरेको काठमाडौं विश्वविद्यालयको मातहत र व्यवस्थापनमा यो केन्द्र रहनुले यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको अनुभूति भएको राष्ट्रपति पौडेलले बताए । यसको लाभ समग्र मुलुकले पाउने छ ।
    केन्द्रमा स्थापित कृषि, स्वस्थ्य र ऊर्जासम्वद्ध तीनवटै विशिष्टिकृत खोज–अनुसन्धान इकाईहरुले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्नेछ । 
    मित्रराष्ट्र कोरिया र यसको विकास सहायता प्रदान गर्ने निकाय ‘कोइका’ले नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर महत्वपूर्ण योगदान गरेको छ । कोरिया आपैंm द्रुतगतिमा आर्थिक–सामाजिक विकासको उपल्लो उचाई हासिल गर्ने थोरै उदाहरणीय मुलुकहरुमध्ये एक हो । आफ्नो संस्कृतिलाई अक्षुण राखेर आधुनिक विकासमा फड्को मार्ने त्यहाँको अनुभवबाट नेपालले सिक्ने धेरै कुरा रहेको राष्ट्रपति पौडेलले बताए ।