६ महिनामा ४ वटा उजुरी
धुलिखेल/प्रहरीहरुसँग सुरक्षित बैदेशिक रोजगार सम्वन्धी एक दिने अन्र्तक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा आयोजना गरिएको छ । प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले बैदेशिक रोजगारका कारण हुने गरेका समस्याहरुको समाधान तथा गुनासो न्यूनिकरणका लागि अन्र्तक्रिया महत्वपूर्ण हुने बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका सम्वन्धी जानकारी गराईन् । जिल्लामा बैदेशिक रोजगारीका कारण भएको ठगी र त्यसका बारेमा भएका अभ्यासका बारेमा जानकारी गराउँदै नागरिकहरुलाई सहज र सरल रुपले सिप सहितको बैदेशिक रोजगारमा जान र गएर फर्किएकाहरुलाई त्यसका बारेमा जानकारी दिन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताईन् । ‘आप्रवासी श्रोत केन्द्र र प्रहरी कार्यालय बीच सुरक्षित बैदेशिक रोजगारको क्षेत्रमा सहकार्यका लागि सम्भावनाहरुको पहिचान गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो– कार्यक्रम संयोजक कुँवरले भने–‘विभिन्न क्षेत्रका ब्यक्तिहरुसँग छलफल गर्ने क्रममा जिल्लामा कार्यरत प्रहरीका विभिन्न तहका ब्यक्तिहरुलाई तालिम दिईएको हो ।’ सुरक्षित बैदेशिक रोजगारका सवालहरुमा प्रहरीसँग अन्र्तक्रिया गरिएको सामी कार्यक्रम काभ्रेका संयोजक एवं सिवीक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बताए ।
बैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर तथा सवालहरु साथै सामी कार्यक्रमको मुख्य सेवा तथा गतिविधिका बारेमा सामी कार्यक्रमका कार्यक्रम अधिकृत भागीराम थारुले जानकारी गराएका थिए । सोहि अवसरमा कार्यक्रम अधिकृत थारुले आप्रवासी श्रोत केन्द्रमा हालसम्म प्राप्त भएका मुद्दाहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । जिल्लाबाट राहदानी बनाउने ब्यक्तिहरुको विवरण तथा सो सँग सम्वन्धित सवालहरु साथै बैदेशिक रोजगार ऐन २०६४ का विषयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रस्तुती गरेकी थिईन् । बैदेशिक रोजगार विभाग र प्रहरीबीच भएको सम्झौता बमोजिम सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा प्रहरीको भूमिकाका विषयमा प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
बैदेशिक रोजगार सम्वन्धी उजुुरीहरु फस्र्याैट नहुनाका कारणका सन्र्दभमा सामी कार्यक्रमका सुशासन अधिकृत भक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए । बैदेशिक रोजगारसँग सम्वन्धित मुद्दाहरु समाधानमा प्रहरी र आप्रवासी श्रोत केन्द्र बीच सम्भावित सहकार्यको क्षेत्रहरुका सन्र्दभमा पनि सोहि अवसरमा कार्यपत्र छलफल गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालयमा सिफारिस भएका १३ वटा मध्ये अधिकांशमा प्रहरीले समन्वय गरेको प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । २०८० सालमा मात्रै चारवटा उजुरी दर्ता भएका छन् । महाभारत ६ का ङेमासाङ योञ्जनले थाईल्याण्ड लैजाने भन्दै गंगा वाईवालाई ठगी गरेको उजुरी असोज १ गते दर्ता भएको थियो भने भदौ ३ गते राजु घिमिरेले मण्डनदेउपुर घर भएका दिलबहादुर डोटेलले ठगी गरेको जाहेरी दर्ता भएको छ । रोशीका रामकुमार राना मगरलाई उदिप रानाले पोल्याड लैजाने भन्दै ठगी गरेको र धुलिखेलका प्रभास तामाङलाई सन्देश चेपाङ र जीवन प्रजाले ठगी गरेको जाहेरी दर्ता भएको छ ।





