2026 August 26/ 07:04: 34pm

बनेपा/कलाकारहरु कुनै पाटी निकटका नभई देशकै गहना भएको पुर्व सञ्चार मन्त्री एवं प्रतिनिध सांसद गोकुल प्रसाद बास्कोटाले बताउनु भयो । 
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेशाखाको १० औ अधिबेशनलाई सम्बोधन गर्दे बास्कोटाले उक्त कुरा बताउनु भएको हो । कलाकार सबैका साझा हुने भएकाले कुने पाटीको बन्न पनि नहुने बास्कोटोले बताउनु भयो । कलाकरहरुको कला र गला मात्रै नहुने उनिहरुको क्षमता र कस्तो कला गर्दा समाज परिर्वत गर्न सकिन्छ त्यस अन्गर्ततका गीत गाउनु पर्ने बास्कोटाले बताउनु भयो । समाजलाई प्रभाब पार्ने खालका गीत गाउन सुझाब दिनु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका केनिद्रय अध्यक्ष रिता थापा आफ्नो प्रतिष्ठाले आपतमा परेका कलाकारलाई सहयोग गर्ने आफ्नो मौलिकता बचाउनु संसकृति जोगाउन लागी परेको बताउनु भयो । कार्यक्रममा  बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, केन्द्रिय उपाध्यक्ष दिपक खड्का, कावा महाचिब सिरिष देवकोटा, वागमती प्रदेश अधयक्ष काभ्रेका संस्थापक अधयक्ष धनपति दाहाल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य जिल्ला उपाध्यक्ष सुनिता अधिकारीले राख्नु भएको थियो भने सभापतित्व जिल्ला अध्यक्ष केदार न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानको कार्यलय उद्घाटन गरिएको बताएको थियो ।