2026 August 27/ 09:53: 45pm

बनेपा/काभ्रेपलाञ्चोक काठमाडौं र भक्तपुर(सूर्यविनायक नगरपालिका) जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाई सदस्य, समुह र समुदायमा आधारित एसियाकै सर्वोत्कृष्ट संस्थाका रुपमा परिचित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधरण सभा असोज ५ र ६ गते गरी दुई चरणमा सम्पन्न गरेको  छ । 
सभामा संस्थामा हाल २ हजार ३ सय ४ वटा समूहमा आवद्ध ५१ हजार २ सय जना सदस्य १० हजार ३८ जना शैक्षिक बाल बचतकर्ता गरी कूल ६१ हजार दुई सय ३८ जना सदस्य रहेको जनाईएको थियो । संस्थाको कुल शेयर पूँजी रु.४९ करोड ५३ लाख ९५ हजार, बचत रकम रु. तीन अर्ब २० करोड ६४ लाख, ऋण लगानीमा  रकम रु. ३ अर्ब ६९ करोड ४७ लाख  र कूल कुल सम्पत्ति ४ अर्ब ६४ करोड ८४ लाख रहेको प्रमुख कार्यकारी अधिकृत केवि लामाले जानकारी दिनु भयो । 
साधारण सभा पहिलो चरणको कार्यक्रम अन्र्तगत असोज ५ गते बनेपा, पाँचखाल, भकुण्डे क्षेत्रमा सम्पन्न भएको भएको थियो । बनेपा क्षेत्रमा संस्थाका सचिव डोरेन्द्रराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य प्रमुख आतिथ्यता रहेका थियो भने पाँचखाल क्षेत्रमा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै गरी भकुण्डे क्षेत्रमा संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाको अध्यक्षता एवं रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामा एवं सहकारी शाखा प्रमुख नविन श्रेष्ठको आतिथ्यतामा सम्पन्न भयो । 
त्यसैगरी दोस्रो चरणको कार्यक्रम अन्र्तगत असोज ६ गते खोपासी, पनौती, ढुंखर्क र बानेश्वर क्षेत्रमा सभा सम्पन्न भएको थियो । खोपासी क्षेत्रमा संस्थाका सचिव डोरेन्द्रराज सापकोटाको अध्यक्षतामा एवं पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ भने पनौती क्षेत्रमा संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अक्ष्यक्षतामा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारकोको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । त्यसैगरी ढुंखर्क क्षेत्रमा संस्थाका कोषाक्ष्यक्ष भिम बहादुर खत्रीको अध्यक्षता एवं बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ  भने बानेश्वर क्षेत्रमा संस्थाका उपाध्यक्ष रामहरि शर्माको अध्यक्षता एवं संस्थाका सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
दुई चरण सम्पन्न क्षेत्रगत साधारण सभा कार्यक्रममा संस्थाले संस्थाको २०७९÷०८० को प्रगति प्रतिवेदन, आ.व. २०८०÷०८१ को संशोधित र २०८१/८२ को प्रस्तावित बजेट तथा कार्यक्रम लगायत आ.व. २०७९/०८० को संचालक समितिको कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०८०/८१ को संशोधित र आगामी आ.व. २०८१/८२ को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७९/०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०७९/०८० को शेयर लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषको वितरण, संस्था एकिकरण , आ.व. २०८०/०८१ को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, विनियम तथा नियमावली र कार्यविधि संशोधन लगायत विविध विषयमा छलफल गरी क्षेत्रगत निर्णय गर्नुका साथै सो क्षेत्रबाट अन्तिम निर्णय प्रमाणिकरणका लागि सोही सभाबाट क्षेत्रगत प्रतिनिधि छनौट गरी अन्तिम निर्णय प्रमाणिकरण सभा गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतान्ले बताउनु भयो ।