2026 August 26/ 06:19: 43pm

पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा आयोजित सभामा डा. अनन्त अधिकारी सहितलाई सम्मान गरिएको थियो । 
    मानसिक अस्पताल पाटनका निर्देशक डा.अनन्त अधिकारीलाई विशिष्ठ सदस्यका रुपमा सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थालाई विभिन्न ढंगबाट सहयोग पु¥याउने तथा सदस्यहरु मध्ये उत्कृष्ट कारोवार गरेका शेयर सदस्यहरु, कर्मचारीहरु सम्मानित भएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले सहकारीहरु सहकारीको ऐन नियम र कानुन अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको बताए । ब्यक्तिगत रुपमा सञ्चालन भएका सहकारीहरुमा समस्या आएको भण्डारीले बताए । 
    पनौती नगरपालिकाले नगरपालिकाको सहकारी ऐन अन्र्तगत सञ्चालन नभएका सहकारीहरुलाई कार्वाहीको प्रक्रियामा गएको, अनुगमनलाई तिब्र बनाएको भण्डारीले बताए । सहकारीहरुले सदस्यहरुको आय स्तर उकास्न र सिपमुलक कार्यमा लगाउन पर्ने र नगरपालिकाको तर्फबाट सहकार्य गर्दै अगाडी बढ्ने भण्डारीले बताए । संस्थाका अध्यक्ष उद्धब सापकोटाले सहकारी मार्फत सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक उन्नयनको परिकल्पना गरेको बताए । सहकारीलाई आफ्नो नीजि ब्यबसाय सरह मान्ने केहि सहकारीका सञ्चालक र ब्यबस्थापनका कारण बचतकर्ताहरुले आफुले राखेको बचत फिर्ता पाउन नसक्नाले सहकारी क्षेत्रकै बदनाम हुन पुगेको सापकोटाले बताए । ज्योति मिर्मिरे साकोस वागमती प्रदेशमा नै उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग सदस्यहरुलाई कारोबार गर्न आग्रह गरेका थिए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७९÷२०८० को वार्षिक प्रतिबेदन सचिब बुद्ध सिंह थापाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष पुर्णराम तुलाधरले प्रस्तुत गरेका थिए । लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक भिमसेन केसीले सभामा प्रूस्तुत गरेका थिए । 
    संस्थाको शेयर पुजीं १० करोड ९० लाख ५२ हजार हजार १ सय, निक्षेप ७७ करोड ३७ लाख ३० हजार, ऋण लगानी ८५ करोड ७९ लाख १२ हजार ५ सय ५७ रहेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले विभिन्न सामाजिक क्रियाकलपाहरु गर्दै आएको बताए । नवदुलही स्वागत, सदस्य स्वास्थ्य सुरक्षण, गर्भवती पोषण, बालबालिका  जन्मउत्सब, सहकारी शिक्षा शिविर, ऋण विमा, पशु तथा बालीबिमा, आधुनिक प्रविधिको उच्चतम प्रयोग, स्वास्थ्य शिबिर, विभिन्न शिपमुलक तालिम, सामुहिक कृषिमा लगानी लगाएतका सदस्यमुखी कार्यक्रमहरु गर्दै आएको दाहालले बताए । सभामा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, बागमती प्रदेश बचत तथा ऋण सहकारीका महासचिव जिवराज खड्का, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका सह सचिव विकास बादे, सहकारी अभियानका नेता कृष्णप्रसाद तिमल्सिना, वडा अध्यक्ष दिपक दाहाल, नेफस्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहकारी अभियान्ताहरु, विभिन्न सहकारीका संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रदेशकै उत्कृष्ट सहकारीका रुपमा उक्त संस्थाका ब्यवस्थापक गोपाल सम्मानित भएका छन् भने जिल्लामा पनि उत्कृष्ट ब्यवस्थापकका रुपमा सम्मानित भएका छन् ।