बनेपा/थवाङ गाउँपालिका–२, रोल्पा घर भएकी अमला रोक्काका दुई श्रीमान रहेको खुलेको छ । अमला रोक्काको मतदाता नम्वर २०६११०१९३ नम्वर उल्लेख छ । २०३६ साल जेठ २० गते जन्म मिति रहेको रोक्काको नागरिकता नम्वर ४४१०४ उल्लेख छ । उनले रोल्पा जिल्लाबाटै नागरिकता लिएकी हुन् । बाबु मुलमान र आमा उजला राखेकी अमलाले पतिको नाम सुजन प्रकाश रोक्का राखेकी छिन् । मतदान स्थल साविक थवाङ गाविस भवन राखिएको छ ।
२०७९ बैशाख २८ गते अध्यागमन विभाग, कालिकास्थान, काठमाडौमा आगमन÷प्रस्थान सहजीकरण गरिदिने सम्वन्धमा दिएको निवेदनमा दावाले भनेका छन्–‘नेपालको पर्यटक भिसामा बसिरहेको बेल्जियमको नागरिक म दावा क्षिरिङ राहदानी नम्वर भ्ए४४४१०५ लाई नेपालबाट अन्यत्र मुलुकमा जान र अन्यत्र मुलुकबाट नेपाल प्रवेश गर्नका लागि सहजीकरण गरिदिन हुन अनुरोध छ । दावा क्षिरिङको तर्फबाट निजको श्रीमती श्री अमला रोक्का नागरिकता प्रमाणपत्र नम्वर ४४१०४÷रोल्पा ।’ दावाले निवेदनमा दायाँ बाँया ल्याप्चे सहित हस्ताक्षर गरेका छन् । अमला रोक्काको पहिलो श्रीमान सुजन प्रकाश रोक्का हुन् भने दोश्रो श्रीमान दावा क्षिरिङ हुन् । गृह मन्त्रालयले निमा तामाङको नागरिकता छानविन गर्न गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा अमला रोक्काका दुई श्रीमान भएको उल्लेख गरेको छ । दावाले नेपाली नागरिकता निमा तामाङको नामबाट २०७४ पुष २० गते नमोबुद्ध ११ काभ्रेपलाञ्चोकको ठेगाना राखेर लिएका छन् भने राहदानी पनि काभ्रेबाटै लिएका छन् । उनले बाबुको नाम पेमा तामाङ राखेका छन् । एकै दिन नागरिकता लिएका पासाङ तामाङ पनि विदेशी भएको खुले पनि उनि कहाँ र कस्तो अवस्थामा छन् खुलेको छैन । छानविन समितिले उनलाई समेत पक्राउ गरी आवश्यक कारवाहीका लागि सुझाव पेश गरेको छ ।
२०८० भदौ ११ गते छानविन समितिले गृह सचिवलाई १ सय ६८ पृष्ठको प्रतिवेदनको बुझाएको छ । उप सचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको समितिले १० वटा विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । सामाजिक संजाल र संचारमाध्यममा आएको समाचारहरुको खोजी र अध्ययन गरेको छ भने तत्कालिन समयमा नागरिकता वितरणमा संलग्न तत्कालिन अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडा अध्यक्ष कृष्णबहादुर लामा र तत्कालिन प्रमुख जिल्ला अधिकारी शिव शिंखडा समेतलाई बयान लिएको छ । राहदानी विभागबाट लिएको राहदानीमा प्रयोग भएको औठा छाप र नागरिकता अभिलेखमा उल्लेख भएको औठा छाप फरक परेको छ । समितिले २०७४ पुष २० गते ३०–०१–७४–११८६८ नम्वरको निमा तामाङको नागरिकता फोटो सहितको ढड्डा र सिएमआईएस अभिलेख रहेको तर अनुसुची १ फारम अभिलेख नभेटिएको तथा मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानविन तहकिकतामा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाझी गरी लिएकोले उक्त कार्यमा संलग्नलाई आवश्यक कानूनी कारवाही गर्न सुझाव दिएको छ ।
निमा तामाङका नाममा जारी भएको नेपाली राहदानीहरु राहदानी नम्वर १०७४२५५० र १०८०५८०८ जारी गर्दा राहदानी विभागमा सुरक्षित रहेको औठाछाप बेल्जियम नागरिक दावा क्षिरिङको राहदानी नम्वर न्ब् ४५९७३६४ को औंठाछापसँग मेल खाएको विधिविज्ञान प्रयोगशाला सामाखुशबाट प्राप्त भएकाले प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सुझाव दिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा तत्कालिन अवस्थामा र हाल कार्यरत सम्वन्धित शाखाका कर्मचारीहरुसँग नभेटिएको अनुसुची फारमको विषयमा अनुसन्धान गरिँदा फेला नपरेकाले कारवाहीका लागि काभ्रेपलाञ्चोकलाई लेखी पठाउन निर्देशन दिएको छ । उक्त प्रतिवेदन तोक आदेश गरी कार्यान्वयन गर्ने नीति, योजना महाशाखा प्रमुख सह सचिव रुद्रादेवी शर्मा आफै सोमबारबाट काभ्रेको प्रमुख जिल्ला अधिकारी भएकी छिन् । आफ्नै तोक आदेशको कार्यान्वयन आफै गर्ने स्थानमा आएकी शर्माको परीक्षा यहि नागरिकताबाट शुरु हुने स्थानीयले बताएका छन् । दावा तामाङ र निमा तामाङ एकै ब्यक्ति हुन् भन्ने कुरामा दुविधा नरहेकाले निजलाई नेपालको प्रचलित कानून बमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारवाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा प्रचलित कानून बमोजिम आवश्यक कारवाही अगाडी बढाउन उपयुक्त हुने सुझाव दिएको छ । उनी अहिले सिआईवीको हिरातमा छन् । नागरिकता रद्ध गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहने कानूनी ब्यवस्था छ भने राहदानीको हकमा परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागलाई हुनेछ ।





