अनुगमन तिब्र बनाईने
धुलिखेल/घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा २१ हजार ७ सय ५६ उद्योग दर्ता भएको रेकर्ड कायम भएको छ । जस अन्र्तगत उद्योगको कुल संख्या १४ हजार ३ सय ६१ र बाणिज्य तर्फको उद्योगको संख्या ७ हजार ३ सय ९५ रहेको छ । दर्ता भएका उद्योगहरुको अवस्था, गुणस्तर तथा नियमित नविकरण लगायतका विषयमा नियमित अनुगमन गर्ने घरेलु कार्यालयले बताएको छ ।
कार्यालयको रेकर्डमा ४८ वटा खानी तथा क्रसर रहेको तथ्याङ्क छ । खानीको मात्रै संख्या ३० वटा र खानी र क्रसर दुबै भएको उद्योग १८ वटा छन् । जस मध्ये १८ वटा खानी तथा क्रसर बन्द भएका छन् । ईट्टा उद्योग २४ वटा रहेका छन् । एक आर्थिक वर्षमा कार्यालयको तर्फबाट २ सय ३५ वटा बजार अनुगमन गरिएको छ । किराना तथा खाद्य पसल १ सय २ वटा, होटल ६१ वटा, मासु पसल २४ वटा र अन्य ४८ वटा पसल उद्योग अनुगमन गरिएको छ । प्रविधि मागमा २ सय ६८ वटा प्रस्ताव पेश भएकोमा २ सय ४० वटा उर्तिण भई २ सय १९ वटा प्रविधि हस्तान्तरण गरिएको छ । सीप विकास तथा स्तरोन्नती तालिम १५ वटा प्रदान गरिएको छ । उक्त तालिममा २ सय ४२ जना सहभागि भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्यका अनुसार उद्योग तर्फ सोहि वर्षमा ९ सय ८६ वटा मध्ये प्रा.लि ३३, प्राईभेट फर्म ९ सय २३ वटा र सामुहिक फार्म ३० वटा दर्ता भएका छन् । बाणिज्य तर्फ ३ सय ९७ मध्ये प्राईभेट फार्म ३ सय ९१ वटा, सामुहिक फार्म ४ र प्रालि २ वटा दर्ता भएका छन् ।
उद्योग अनुगमन २ सय १० वटा गरेर २५ हजार जरिवाना गराईएको छ । राजश्व बापत २ करोड ४६ लाख ३७ हजार ७ सय ५० रुपैयाँ संकलन गरिएको छ । पछिल्लो कानून अनुसार ३० लाखसम्म पुँजी भएको लुघ उद्योग र १ करोडसम्म पुँजी भएको घरेले उद्योग स्थानीय तहमा नै दर्ता गर्न सकिन्छ । १० करोडसम्मको पुँजी भएको साना उद्योग घरेलु कार्यालयमा दर्ता हुन्छन् भने १० करोड भन्दा माथी २५ करोडसम्मका प्रदेश अन्र्तगत २५ करोड भन्दा माथीका उद्योग संघ कार्यालयमा दर्ता गरिनेछ । उर्जामुलक, उत्पादनमुलक, कृषि, पशुपक्षी र वन, खनिज, निर्माण, पर्यटन, सूचना प्रविििध तथा सेवा मुलक उद्योगहरु दर्ता गर्नु पर्ने कानूनी प्रावधान रहेको छ ।





