पनौती/गौ हत्या विरुद्ध पनौतीमा सद्भाव -याली गरिएको छ । विभिन्न संघ संस्थाको आयोजनामा भएको -यालीमा सयौं जना सहभागी थिए ।
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति पनौती नगर कमिटी, इस्कोनको आयोजनामा सद्भाव -याली आयोजना गरिएको हो । -यालीमा सहभागीले गाई मार्न पाइदैन, गौ संरक्षण हाम्रो अभियान, गौ माताको सम्मानमा, आऔं सबै मैदानमा, धर्म निरपेक्षता चाहिँदैन, धार्मिक सद्भाव कायम गर, सामाजिक सद्भाव कायम गर, संविधानको पालना गर, गौ हत्यारालाई कारवाही गर लगायतका नारा लगाएका थिए । ‘गोरु काट्न पाउनु पर्छ’ भनी सामाजिक संजालमा प्रचारप्रसार गरेको विषयले आफुहरुलाई चिन्तित बनाएकाले सद्भाव -याली मार्फत शान्तिपुर्ण रुपमा विरोध जनाएको धार्मिक संपदा संरक्षण अभियान्त हरिहर सुवेदीले बताए । दोषीलाई कारवाही नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनको भनाई छ । यस अघि शनिवार धरानमा सद्भाव -याली आयोजना गरिएको थियो ।





