2026 August 26/ 03:45: 01pm

पनौती/सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कृषि लाईब्रेरी भवनको उद्घाटन बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासका पूर्व मन्त्री बसुन्धरा हुमागाईले गर्नु भएको छ ।  
कार्यक्रममा प्रमुख अतिथि हुमागाईले उत्कृष्ठ सहकारीको रुपमा सामुदायिक नै आफ्नो छनौटमा रहेको बताउनु भयो । साकोस सञ्चालनका लागी आफुले आवश्यक सहयोगको गर्न तत्पर रहेको प्रतिबद्धता रहेको र संस्था सवै रुपमा सक्षम र सर्वोत्कृष्ठ हुन सकोस हुमागाईले भन्नु भयो । विभिन्न सहकारीहरुमा  समस्या आएको बताई रहँदा सामुदायीक साकोस सहकारी ऐन अन्र्तगत सञ्चालन भएका कारण कुनै समस्या नभएकालौ ढुक्क सगं कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले संस्थाले कृषि तथा पशुपालन पेशामा रहेका कृषकहरुका लागि संस्थाले गरेका कार्यहरुको विषयमा प्रकाश पान भएको थियो । संस्था कृषकहरुको जीवनस्तर उकास्नका लागि नियमित रुपमा लागिपरेको र यस कृषि लाइव्रेरीले अझ उक्त कार्यमा  टेवा पु¥याउने विश्वास लिएको बताउनु भयो । संस्थाले लाईब्रेरी स्थापनामा साथ आ.व. ०७९÷०८० मा लक्ष्य अनुसार सम्पन्न गरेको बताउनु भयो । उक्त भवन निर्माणका लागी वागमती प्रदेश कृषि तथा पशुपन्छी विकासका मन्त्रालयबाट ३० लाख र संस्थाबाट ५ लाख गरी कुल ३५ लाखमा सम्पन्न भएको बञ्जाराले बताउनु भयो । 
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद दवाडी, पनौती न.पा. वडा नं. ४ का वडाध्यक्ष दीपकप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थ,  नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक समीक्षा समेत गरिएको थियो । उक्त, समिक्षामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र लक्ष्य प्राप्ती र आगामी वर्षको लक्ष्य तथा योजनाको विषयमा प्रस्तुति गर्नुभएको थियो भने विभागीय प्रमुखहरुले सम्वन्धित विभागको प्रतिवेदन पेश गर्नुभएको थियो । 
संस्थाको आ.व. ०७९÷०८० मा कुल कारोबार ४ अर्ब ४६ करोड रहेको गत बर्ष भन्दा रु. ७९ करोडको सम्पत्ती र १३ हजार शेयर सदस्य बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले बताउनु भयो । संस्थाको ३९ करोड ४४ लाख शेयर पुजीं, ५१ हजार १५ जना सदस्य  कार्यक्षेत्र काडमाडौ, भक्तपुर, ललतिपुर र काभ्रेपलाञ्चोक गरी ४ वटा जिल्लामा रहेको बस्नेतले वताउनु भयो । संस्थाले सदस्यहरुलाई कृषि तथा उत्पादन क्षेत्रमा लगानी गरी सदस्यहरु विभिन्न सिपमुलक तालिम प्रदान गर्दे आएको बताउनु भयो । संस्थाले आगामी वर्ष रु. १ अर्ब सम्पत्ती बृद्धिको लक्ष्य लिई सोही बमोजिम आफ्ना नीति तथा कार्यक्रमहरु तय गरेको जनाएको छ । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले गर्नु भएको थियो । 
बनेपा÷ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले गत शनिबार मनसुन डान्सको आयोजना गरेको छ । विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको आवश्यक भएको महशुस गरि उक्त कार्यक्रम आयोजना गरिएका प्रतिष्ठानले जनाएको छ ।
विद्यालयस्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न विद्यार्थीहरुमा नेतृत्व विकाका लागी कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यले बताउनु भयोे । सञ्चालक एवम् प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए । बैद्यले विद्यार्थीहरुको चौतर्फी वृत्ति विकासको निमित्त महत्वपूर्ण भूमिका रहने कुरोड विद्यार्थी संगिता तामाङ्गले आफ्नो मन्तब्यबाट राखेकी थिएन सहायक प्रिन्सिपलले यस संस्थामा आबद्ध हुन आउनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई निश्चिन्त भई गुणस्तरीय शिक्षा तथा आवश्यक शैक्षिक तथा यस्ता क्रियाकलापहरुको चरणबद्ध रुपमा संचालन गरिने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा कक्षा ११ देखि स्नाकोत्तर तह सम्मका विद्यार्थीहरुको उल्लासमय उपस्थित रहेको थियो । ३ चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरण अन्र्तगत औपचारिक कार्यक्रम रहेको थियो दोस्रो चरण प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 
कार्यक्रममा खाजा सहित भव्य तथा सभ्य मनसुन डान्स पार्टी कार्यक्रम राखिएको थियो । जसमा सयाँै विद्यार्थी र शिक्षक, शिक्षिकाहरु झुमेका देखिन्थे । विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक, साँस्कृतिक, खेलकूद आदि समाजमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै जाने कुरा संस्थाका अध्यक्ष सुरकृष्ण वैद्यले बताउनु भयो ।