2026 August 26/ 07:04: 48pm

धुलिखेल/धुलिखेल नगरपालिका भित्र ५ वर्षको अवधीमा ३५ किमी सडक कालोपत्रे भएको छ । विपी र अरनिको राजमार्गको सडक खण्ड बाहेक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पाँच वर्षको अवधीमा उक्त सडक कालोपत्रे गरेका हुन् । 
    सदरमुकाम धुलिखेल नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा १५.४ किमी सडक कालोपत्रे भएको थियो भने २०७६/०७७ मा ३.२ किमी, २०७७/०७८ मा ४.४ किमी, २०७८/०७९ मा ४.७२ र २०७९/०८० मा ८ किमी समेत गरी गरी ३५.९२ किमी सडक जनप्रतिनिधि निर्वाचित भए पछि कालोपत्रे भएको छ । ग्राभ्रेल सडक १ सय ९ किमी छ भने माटे सडक ३५३.६२ किमी र ढलान सडक ४६ किमी रहेको छ । 
    अरनिको राजमार्गमा काभ्रेपलाञ्चोक जिल्लाको सिमाना भित्र ३८ किमी कालोपत्रे रहेको छ । त्यस्तै विपी राजमार्ग ५५ किमी रहेको छ । ९३ किमी राजमार्ग बाहेक जिल्लामा पक्कि सडक १ सय ३२.२ किमी रहेको छ । राजमार्ग समेत जोड्दा काभ्रेमा २ सय २५.२ किमी हुन्छ । कच्चि सडक ५०४.४ किमी, ग्राभेल सडक १२८.६ किमी रहेको छ । काभ्रेमा कुल सडक ८ सय ५८.२ किमी रहेको छ ।