2026 August 26/ 03:45: 31pm

विश्वराम मानन्धर 
पास्त, धोलक, धाँ, पछिमा, नगरा, नाय खिं, डब डबुचा, धिमायचा र को सिखको बाजा समुहलाई नौ बाजा भनिन्छ । जसमा सहायक बाजाहरु त, भुछया,सिद्धया, बौचा,पोङ्गा, टिं, धुलस, चातिचा, मुहाली र मुरली पर्छन । यि बाजाहरु नेपाल सम्वत्तको नवौ महिना गुंला महिनामा मत्रै बर्जाने भएर पनि गुंला बाजा पनि भनिन्छ । यी बाजाहरु पनि छुट्टा छुट्टै समुह मिलाएर निश्चित समुहमा बजाइृन्छ । जस्तै १. पोस्त, त वौचा, पोङ्गा, २. धाँ भुछया टिं धुलु, चचिता मुद्धालि त, ३. पछिमा नगरा धोलक नाय खिं मुद्धालस् त वौा सिध्या ४. को खिं डबडवचा(डम्बरु) त वाचा मुरली आदि । धुलस रागा र अर्नाको सिं लाई मिलाएर चुच्चोमा प्वाल पारेर त्याहाबाट फुक्दा लगभग शंखको जस्तै आवाज आउने गरी बनाएको एक प्रकारको बाजा हो । त्यस्तै टिं वोका, भेडाm च्याङ्गाको सिं लाई  चुच्चो मा प्वाल बनाई लगभग २ फुटको वाँसमा जोडेर बनाएको बाजा हो । जति पनि बोका भेडाको च्यांग्राको सिंङलाई चुच्चोमा प्वाल पारी लगभग १ फुटको वाँस मा जोडेर बनाएको बाजा हो । भगवान बुद्ध बुद्धत्व प्राप्त गरेर पहिलो पल्ट लुम्बीनी आँदा यी सिं हरुले बनाएको बाजा सहितको नौ बाजा बजाएर स्वागत गरिएको थियो भन्ने जन बोली रहेको छ । यी सिं बाट उत्पन्न हुने ध्वनीले नकारात्मक उर्जालाई नष्ट गरी सकारात्मक उर्जा पैदा गराउंछ भन्ने विश्वास पनि रहेको छ । नेवाः समुदाय भित्र पनि यो नौ बाजा एकै पटक बजाउने भनेको मानन्धर समुदायले मात्रै हौ । बनेपामा यो नौ बाजा २०७६ सालमा निकालिएकोमा यो वर्ष वाँख्यो दाफा भजन खलको संयोजकत्वमा बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको बाँख्यो टोलमा रहेका मानन्धरहरुको टिमले यो बाजा निकालिएको छ । यो बाजा बजाउदै नेपाल सम्वतको गुंलात्व पारु देखि ञ्यलाभ पारु सम्म( २०८० श्रावण ३२ गते देखी भाद्र ३१) विभिन्न वही, वहा विहार चैत्य मठ मन्दिर नमोबुद्ध, स्वयम्भु, वज्रयोगिनी, चोभार, करुणमय, वुगमती, स्वस्ति बौद्धनाथ, आदी स्थानहरुमा घुम्ने गरिन्छ । यो बाजा निकाल्न  र बाजाहरु जिम्मा लिन पनि लगभग १ सय जनाको जनशक्ति चाहिने र एक महिना सम्म यसैको लागी समय खर्चिनु पर्ने भएकाले अहिले को ब्यस्त जिवन शैलिले गर्दा यो बाजा हराउने संघारमा पुगिसकेको छ । साथै आर्थिक रुपमा पनि असाध्यै खर्चालु छ । यो वर्ष पनि बाजा ब्यबस्थापन देखी सिक्ने सिकाउने खाजा, खाना विभिन्न स्थानमा आना जाना गाडी भाडा लगायतको खर्च ५ लाख हुने अनुमान छ । यो वर्ष देखिएको सो खर्च छोलका स्थानियहरु सँग थोरै थोरै उठाँउदै ब्यबस्थापन गर्ने योजना रहेको छ । प्रत्येक वर्ष नै निकाल्ने र बजाउने गर्नुपर्ने यो बाजालाई स्थानिय सरकारले पनि केहि ध्यान नदिँदा हराउने वा लोप हुने संघारमा छ । यस्तो सँस्कृति बचाउन तिर स्थानिय सरकारको समयमै ध्यान जावस् ।