2026 August 26/ 03:45: 21pm

पनौती  / सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कृषि लाईब्रेरी भवनको उद्घाटन बागमती प्रदेश कृषि तथा पशुपन्छी विकासका पूर्व मन्त्री बसुन्धरा हुमागाईले गर्नु भएको छ ।  
कार्यक्रममा प्रमुख अतिथि हुमागाईले उत्कृष्ठ सहकारीको रुपमा सामुदायिक नै आफ्नो छनौटमा रहेको बताउनु भयो ।  साकोस सञ्चालनका लागी आफुले आवश्यक सहयोगको गर्न तत्पर रहेको प्रतिबद्धता रहेको र संस्था सवै रुपमा सक्षम र सर्वोत्कृष्ठ हुन सकोस हुमागाईले भन्नु भयो । विभिन्न सहकारीहरुमा  समस्या आएको बताई रहंदा सामुदायीक साकोस सहकारी ऐन अन्र्तगत सञ्चालन भएका कारण कुनै समस्या नभएकालौ ढुक्क सगं कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश बञ्जाराले संस्थाले कृषि तथा पशुपालन पेशामा रहेका कृषकहरुका लागि संस्थाले गरेका कार्यहरुको विषयमा प्रकाश पान भएको थियो । संस्था कृषकहरुको जीवनस्तर उकास्नका लागि नियमित रुपमा लागिपरेको र यस कृषि लाइव्रेरीले अझ उक्त कार्यमा  टेवा पुर्याउने विश्वाश लिएको बताउनु भयो । संस्थाले लाईब्रेरी स्थापनामा साथ आ.व. ०७९÷०८० मा लक्ष्य अनुसार सम्पन्न गरेको बताउनु भयो ।  उक्त भवन निमार्णका लागी वागमती प्रदेश कृषि तथा पशुपन्छी विकासका मन्त्रालयबाट ३० लाख र संस्था बाट ५ लाख गरी कुल ३५ लाखमा सम्पन्न भएको बञ्जाराले बताउनु भयो । 
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद दवाडी, पनौती न.पा. वडा नं. ४ का वडाध्यक्ष दीपक प्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थ,  नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाको वार्षिक समिक्षा समेत गरिएको थियो । उत्त, समिक्षामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र लक्ष्य प्राप्ती र आगामी वर्षको लक्ष्य तथा योजनाको विषयमा प्रस्तुति गर्नुभएको थियो भने विभागीय प्रमुखहरुले सम्वन्धित विभागको प्रतिवेदन पेश गर्नुभएको थियो । 
संस्थाको आ.व. ०७९÷०८० मा कुल कारोबार ४ अर्ब ४६ करोड रहेको गत बर्ष भन्दा रु. ७९ करोडको सम्पत्ती र १३ हजार शेयर सदस्य बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले बताउनु भयो । संस्थाको ३९ करोड ४४ लाख शेयर पुजीं, ५१ हजार १५ जना सदस्य  कार्यक्षेत्र काडमाडौ, भक्तपुर, ललतिपुर र काभ्रेपलाञ्चोक गरी ४ वटा जिल्लामा रहेको बस्नेतले वताउनु भयो । संस्थाले सदस्यहरुलाई कृषि तथा उत्पादन क्षेत्रमा लगानी गरी सदस्यहरु विभिन्न सिपमुलक तालिम प्रदान गर्दे आएको बताउनु भयो । संस्थाले आगामी वर्ष रु. १ अर्ब सम्पत्ती बृद्धिको लक्ष्य लिई सोही बमोजिम आफ्ना नीति तथा कार्यक्रमहरु तय गरेको जनाएको छ  । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले गर्नु भएको थियो ।