2026 August 26/ 03:45: 16pm

काभ्रे /  नेफ्स्कूनको ३६ औं स्थापना दिवसको अवसरमा आर्थिक वर्ष २०७९÷०८० मा उत्कृष्ट कार्य गरे वापत विभिन्न संघ संस्था एवं व्यक्तिहरुलाई उत्कृष्टताको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । 
संघले नेफ्स्कून सर्वाेत्कृष्ट संस्था पुरस्कार अन्तर्गत काभ्रेको चण्डेश्वरी साकोसलाई पुरस्कृत घोषण गरेको हो  ।  चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट बन्न सफल भएको छ ।  सघंले ३६ औं स्थापना दिवसको अवसरमा देशभरका सहकारी मध्येबाट चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा घोषणा गरेको हो । नेफ्स्कुनका निवर्तमान अध्यक्ष डि.बी  बस्नेत संयोजक रहेको समितिले चण्डेश्वरीलाई उत्कृष्ट संस्थाको रुपमा चयन गरेको हो । चण्डेश्वरी बचतले गत वर्ष नेफ्स्कूनबाटै बागमती प्रदेशस्तरीय उत्कृष्ट संस्थाको पुरस्कार पाएको थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकले पनि बागमती प्रदेश स्तरिय उत्कृष्ट संस्थाको सम्मान गत वर्ष प्रदान गरेको थियो ।
चण्डेश्वरी साकोस गत वर्ष एक्सेस ब्राण्ड पाउने नेपालको एक मात्र सहकारी हो । २०७६ मा नेपालका २६ वटा सहकारीले ब्राण्ड पाएकोमा गत वर्ष चण्डेश्वरीले मात्र ब्राण्ड पाएको थियो । यस वर्ष ९द्दण्द्दद्द(द्दण्द्दघ० एशियाली स्तरको स्तरीकरण कार्यक्रम अन्तर्गत चण्डेश्वरीले एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गरेको थियो । साकोसको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी ११ करोड १५ लाख, जगेडा कोष ११ करोड ९९ लाख, अन्य कोष ३६ लाख, बचत ९६ करोड ७२ लाख, लगानी १ अर्ब ३० लाख र कुल संस्थागत पुँजी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ । संस्थामा ९ हजार १ सय २२ जना सदस्य रहेको अध्यक्ष नविन बादेले जानकारी दिनुभयो । 
संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ काभ्रेको नारी जागरण साकोसकी पूर्व अध्यक्ष निर्मला श्रेष्ठ, नेफ्स्कून सर्वाेत्कृष्ट व्यवस्थापक प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार बागमती प्रदेशबाट काभ्रे पनौतीको ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल पुरस्कृत घोषित हुनु भएको छ । नेफ्स्कूनको स्थापना दिवसमा घोषणा गरिएको सम्मान तथा पुरस्कार संघको आगामी वार्षिक साधारण सभामा वितरण गरिने संघले जनाएको छ । 
नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा डा. शिबजी सापकोटा चयन 
नेफ्स्कूनको ३६ औं स्थापना दिवसको अवसरमा संघका अध्यक्ष परितोष पौड्यालले पूर्व प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटालाई संघको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सहित नियुक्तीपत्र प्रदान गर्नुभएको थियो ।
२०६३ सालदेखि नेफ्स्कून प्रवेश गर्नुभएका सापकोटा यसअघि २०७२ सालदेखि २०७७ सालसम्म ५ वर्ष सिईओको रुपमा कार्यरत हुनुहुन्थ्यो । सिईओको कार्यकाल सम्पन्न भएसँगै डा.सापकोटा २०७७ असार मसान्तबाट अभियानको मुख्य जिम्मेवारीबाट बाहिर रहनुभएको थियो । केन्द्रीय संघको कार्यजिम्मेवारीमा रहेर नेपालको सहकारी अभियान सुदृढीकरणमा डा. सापकोटाको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ ।