2026 August 26/ 03:44: 33pm

नागरिकको ‘घर दैलो’मा प्रशासन
    धुलिखेल/‘नागरिकको दैलामा प्रशासन’ भन्ने अभियानलाई सार्थक बनाउँदै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पूर्ण अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएका छन् । प्रशासनले सरल, सहज र सिर्जनशिलतामा आधारित रहेर नागरिकहरुलाई घरदैलोमा नै सेवा पु¥याउने उदेश्यले धुलिखेल ४ स्थित पूर्ण अपाङ्गता भएकी १९ बर्षिया नम्रता थापा मगरलाई नागरिकता उपलब्ध गराएको हो । ‘सेवाग्राहि, सेवाप्रदायक र स्थानीय तहको समन्वयमा पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुको हकमा घर दैलोमा नै सेवा उपलब्ध गराउन तयार छौं’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘अहिले सदरमुकाम नजिकै भएकाले नम्रतालाई घरमा नै आएर सेवा उपलब्ध गरायौं । अन्य पालिकामा पनि यस्ता नागरिकहरु भएको अवस्थामा स्थानीय तहको समन्वयमा घरमा नै पुगेर आवश्यकतामा आधारमा नागरिकता उपलब्ध गराउने छौं ।’ जिल्ला प्रशासन कार्यालयले हरेक दिन नयाँ र प्रतिलिपी गरेर दुई सय भन्दा धेरैलाई नागरिकता उपलब्ध गराउँदै आएको छ । नागरिकहरुलाई प्रशासनको सेवा सहज, सरल र सिर्जनशिलतामा आधारित हुन्छ भन्ने विश्वास बढाएको नम्रताका हजुरबुबा कर्णबहादुर थापाले बताए । ‘नातिनीलाई बोकेर लैजान असम्भव भयो । गाडी खोजेर लैजान पनि सम्भव भएन’–हजुरबुबा थापाले भने–‘प्रशासनमा सबै कागजात पु¥याएर अवस्थाका बारेमा बतायौं । प्रशासनले मानविय संवेदना राखेर प्रमुख जिल्ला अधिकारी घरमा नै आएर नागरिकता उपलब्ध गराई दिनु भयो ।’ प्रशासनले उपलब्ध गराएको सेवा प्रति गौरवान्वित भएको थापाले बताए । 
    नम्रता जन्मदै अपाङ्ग थिईनन् । विस्तारै उनि अपाङ्ग हुँदै गईन । शुरु शुरुमा बोल्ने प्रयास गरे पनि सम्भव भएन । सामान्य आर्थिक अवस्था भएको परिवारले धेरै स्थानमा उपचारका लागि प्रयास ग¥यो सम्भव भएन । नियमितको फिजियोले पनि काम गरे । वडा सरकारले उपलब्ध गराउँदै आएको पूर्ण अपाङ्गता भएको कार्ड बन्यो । भत्ता पनि प्राप्त भयो । तर १६ वर्ष पुगे पछि नागरिकताका आधारमा मात्रै उपलब्ध हुने सेवाका लागि अनिवार्य भए पछि नागरिकता बनाउन पहल भए पनि उनलाई प्रशासन कार्यालय पु-याउन नसक्दा सम्भव भएको थिएन । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रकृया पु¥याएर घरमै नागरिकता उपलब्ध गराईदिने बताए पनि नम्रताको आमा सिता थापा मगर र हजुरबुबा कर्णबहादुर थापा लगायतका आफन्त खुशीले गद्गद् भए । घरमा पनि बाहिर भित्र गराउन पनि कठिन छ । दिसापिसावका लागि पनि संकट छ । नम्रताको बुबाको २०७३ सालमा निधन भईसकेको छ । उनी जेठी छोरी हुन् । उनकी बहिनी कक्षा ८ मा अध्ययन गर्दै छिन् । 
    नागरिकता वितरणका लागि प्रशासकिय अधिकृत मिनराज थापा लगायत नागरिकता फाँटका कर्मचारीहरु सहभागि थिए ।