2026 August 26/ 06:52: 18pm

बनेपा/बनेपा नगरपालिकाका नवल किशोर दास नाईट्राभेट सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी रेशम बोहोराले अदालतको आदेशले जुन अभियोगमा छुटेका थिए सोहि अभियोगमा पुनः तीन दिन पछि पक्राउ परेको जानकारी दिए । 
    २०८० साउन १७ गते पक्राउ परेका छन् । ५ सय १० ट्यावलेट सहित प्रहरीले नवलकिशोर दासलाई बनेपाबाट पक्राउ गरेको हो । बनेपा नगरपालिका ८ बाट पक्राउ परेका दास तीन दिन अघि जिल्ला अदालतबाट १५ हजार धरौटीमा छुटेका थिए । २०८० असार ८ गते पक्राउ परेका दास साउन १५ गते छुटेका थिए । लागु औषध प्रयोगकर्ता दासलाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको थियो ।  जिल्लामा तीन वर्षको अवधीमा २८ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा १३ वटा मुद्दा दर्ता भए भने आर्थिक वर्ष २०७८÷०७९ मा ७ वटा मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७७÷०७८ मा ६ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको सक्रियताका कारण लागु औषध प्रयोगकर्ता र ओसारपसार गर्नेहरु पक्राउ पर्न थालेका हुन् । लागु औषध प्रयोगकर्ताहरुमा स्कुले बालबालिकाहरु धेरै छन् । गरिबी, बेरोजगार र गलत संगतका कारण लागु औषध प्रयोगकर्ताहरुको संख्या बढ्न थालेको हो ।