2026 August 25/ 12:58: 49pm

    धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ‘स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने नारा सहित विश्व स्तनपान सप्ताह अन्र्तगत पोषण र स्तनपानः महत्व तथा हालको अवस्थाका बारेमा कार्यालय प्रमुखहरुसँग अन्र्तक्रिया आयोजना गरेको छ । 
    ‘हरेक कार्यालय नागरिक मैत्री बनाउनु पर्छ । प्रत्येक कार्यालय स्तनपानमैत्री बनाउनु पर्छ’– जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले भने–‘चाहनासँगै सोचाई बदल्नु आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले हरेक कार्यालयमा स्तनपानकक्ष निर्माणका लागि निर्देशन दिईसकिएको बताए । बच्चा र आमाको अधिकार स्थापित गर्न हरेक क्षेत्रमा स्तनपान कक्ष निर्माणका लागि समन्वय र सहजिकरण गरिने प्रजिअ पौडेलले बताए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोतम सेढाईले पोषण र स्तनपानको महत्वका बारेमा बताउँदै नेपालमा स्तनपानको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । ‘नेपालमा शिक्षित महिलाहरुले पूर्ण स्तनपान गराउँदैनन, शिक्षितको तुलनामा शिक्षा नभएका महिलाहरुले पूर्ण रुपमा स्तपान गराएको तथ्याङ्क बलियो छ’–डा.सेढाईले भने–‘शिक्षा नभएका आमाहरुको ५९ प्रतिशत, आधारभुत शिक्षा भएका ६१ प्रतिशत र माध्यमिक शिक्षा पास भएका आमाहरु ५३ प्रतिशतले पूर्ण रुपमा स्तनपान गराएका छन् ।’ बागमती प्रदेशमा स्तनपान गराउने आमाहरुको संख्या ४३ प्रतिशत रहेको छ । बाँकी ४३ प्रतिशतले दुधदानी मार्फत स्तनपान गराउँदै आएका छन् । 
    कार्यक्रममा धुलिखेल अस्पताल तथा काठमाडौ विश्वविद्यालयमा कार्यरत प्रा.डा.सिर्जना डंगोलले बच्चाहरुले स्तपान गराउँदा आमा र बाबुलाई समेत हुने फाईदाका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । धुलिखेल अस्पतालमा आउने आमाहरुलाई स्तनपान गराउँदा हुने फाईदा तथा नगराउँदा हुने आमा र बच्चाका असरका बारेमा जानकारी गराउने गरिएको डंगोलले बताईन् । आमाको दुध नियमित र पूर्ण रुपमा खान नपाउँदा संसारका हरेक ३ जनामा एक व्यक्ति कुपोषित हुने गरेको विश्व पोषण प्रतिवेदन २०१६ ले देखाएको छ । आईरनको कमिले हुने रक्तअल्पताले बौद्धिक क्षमता (क्ष्त्त) लाई ९ अंक सम्म घटाउँने, आयोडीनको कमीले बौद्धिक क्षमता (क्ष्त्त) १० अंक सम्म घटाउने, अत्यन्त पुड्कोपनले बौद्धिक क्षमता (IT) ५–१० अंक सम्म घटाउने, जन्मँदै कम तौल (२.५ के.जी. भन्दा कम) भएमा बौद्धिक क्षमता (क्ष्त्त) ५ अंक सम्म घटाउने गरेको छ । त्यस्तै गम्भीर शीघ्र कुपोषण भएको बच्चा, अन्य बच्चाको तुलनामा ५ देखि २० गुणा बढी मृत्यु हुन सक्ने, अधिक पोषणका कारण नसर्ने रोगहरु मधुमेह, दम, क्यान्सर जस्ता रोगको संक्रमण हुने, भिटामिन ‘ए’ को अवस्था सुधारले ३४ प्रतिशतसम्म र ६ महिनासम्म आमाको दूधमात्र खुवाएको अवस्था तथा उचित पूरक आहार पाएमा २० प्रतिशतसम्म बाल मृत्युदर घटाउन सकिने निश्कर्ष छ । 
    कुपोषणको कारणले कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत नोक्सानी हुने र एशिया र अफ्रिकाका देशहरुमा ११ प्रतिशत हुने विश्व बैंक २०१८÷१९ को प्रतिवेदनमा उल्लेख छ । पोषणमा गरिएको लगानीले १६ गुणासम्म प्रतिफल दिने, नेपालको सन्दर्भमा पोषणको स्थितिमा सुधार नभई अति कम विकसित राष्ट्रको समूहबाट स्तरोन्नति हुन सम्भव नभएको, मानव विकास सूचकांकका शिक्षा, स्वास्थ्य र जीवनस्तर तीनवटै आयाममा पोषणमा भएको लगानीले सकारात्मक योगदान गर्ने कार्यक्रममा जानकारी गराईएको थियो । नेपालमा स्तनपानको अवस्थाका बारेमा जानकारी दिदै जन्मेको एक घण्टा भित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ । ६ महिना सम्म पूर्ण स्तनपान गराउने ५६ प्रतिशत रहेको छ ।