2026 August 26/ 06:07: 31pm

    बनेपा/बनेपामा पहिलो पटक काभ्रे र भक्तपुर जिल्लामा स्नातक तहको होटल म्यानेजमेन्ट (द्यज्ः० र स्नातक तहकै आईटी ९द्यक्ष्ः० विषय पढाउने गरी त्रिभुवन विश्वविद्यालयले अनुमती प्रदान गरेको छ । संकल्प कलेजले बनेपा नगरपालिका १० जनागालमा उक्त विषयको अध्ययन गराउने जानकारी गराएको छ । 
    कक्षा ११ र १२ मा विज्ञान वा ब्यवस्थापनका कुनै पनि विषय लिएर अध्ययन गरेका विद्यार्थीहरुले उत्तिर्ण भए पछि ब्याचलर इन होटेल म्यानेजमेन्ट र ब्याचलर इन इन्फरमेसन म्यानेजमेन्टमा भर्ना हुन सक्नेछन् । उक्त विषय अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा ९ऋःब्त्० उत्तिर्ण गर्नुपर्ने छ । द्यक्ष्ः विषय लिएर उत्तिर्ण भएका विद्यार्थीहरुले बैंक तथा वित्तिय संस्था, आईटी कम्पनी, विभिन्न एप तथा वेभ पेजहरुको डिजाईन लगायतका क्षेत्रमा अवसर पाउने छन् भने आत्मनिर्भरका लागि पनि उक्त विषयको अध्ययन महत्वपूर्ण हुनेछ । नेपाल विस्तारै पर्यटन क्षेत्रमा आत्मनिर्भर हुँदै गएको अवस्थामा कुशल होटल ब्यवसायी र ब्यवस्थापक बन्न द्यज्ः विषयले सहयोग पु¥याउने छ । कलेजको नेतृत्व चेतन विष्टले गर्नेछन् । संकल्प कलेजमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुका लागि देश विदेशमा गएर इन्टर्नसिप गर्न सक्ने सुविधा छ । अध्ययन सकिए लगत्तै रोजगारीको निश्चिन्तता हुने कलेजले बताएको छ ।