2026 August 25/ 12:58: 52pm

बनेपा/डेगिंको संक्रमण देशभर बढिरहेको परिप्रेक्ष्यमा स्वास्थ्य कार्यालय काभ्रेले काभ्रेपलाञ्चोक जिल्लामा संक्रमण फैलन नदिन सचेतना अपनाईएको छ । जिल्लामा फैलन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने उदेश्यले ‘खोज र नस्ट गर अभियान’ हरेक शुक्रबार शुरु गरिएको छ । 
    गत शुक्रबार बिहान साढे १० बजे सबै स्थानीय तहमा संचालन गरिएको थियो । यसै क्रममा साँगा भञ्ज्याङ्गमा खोज र नष्ट गर अभियान सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, नगर प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी, सेना तथा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।