2026 August 25/ 12:58: 53pm

पनौती/पनौती पर्यटन विकास केन्द्रको १५ औं स्थापना दिवस तथा पर्यटक सुचना केन्द्रको पनौती ७ मा उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका खानेपानी उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाले कार्यालयको उद्घाटन गर्नुभयो । 
    ‘पनौतीलाई धार्मिक रुपमा चिनाउन पर्यटकहरुको आगमनलाई बृद्धी गराउन धार्मिक पर्यटकहरुको बसाई लम्याउन आवश्यक छ’– मन्त्री लामाले भन्नुभयो–‘पनौती विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी स्थानीय तहबाट भएको कार्यलाई प्राथमिकिकरण गर्दै पनौतीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व दर्शाउन प्रदेश सरकार कृयाशिल रहन्छ ।’ पनौतीलाई धार्मिक रुपले परिचित गराउन भएका प्रयासहरुलाई संस्थागत गरी पटक पटक पर्यटकहरुको आगमन हुने गरी स्थानीय स्तरबाट हुन सक्ने सम्भावनालाई अघि बढाउँदै जाने अध्यक्ष पुरुषोतम कर्माचार्यले बताउनु भयो । ‘पनौतीमा कति पर्यटक आउँछन, कुन देशबाट आउँछन, आएका पर्यटकहरु लाई कुनै समस्या पो पर्छ कि ? उनिहरुलाई सहज बनाउँदै सुरक्षा समेत प्रदान गर्ने उदेश्यले शुरु गरिएको पर्यटन विकास केन्द्र अन्र्तगतको सूचना केन्द्रलाई ब्यवस्थित बनाईनेछ’–अध्यक्ष कर्माचार्यले भन्नुभयो–‘पर्यटकहरुको आगमनसँगँै स्थानीय स्तरमा आम्दानी बृद्धी गराउने लक्ष्य लिएका छौ ।’ 
    ‘पनौती बजार प्रवेश गर्ने वितिक्कै पनौतीको संस्कृति र सभ्यताका बारेमा पर्यटकहरुले राखेको चासोलाई सुचना केन्द्रले पुरा गर्न सकोस् भन्ने उदेश्य हो’–अध्यक्ष कर्माचार्यले भन्नुभयो–‘पर्यटन केन्द्रले बृक्षारोपण, सरसफाई अभियान तथा बगैचा हेरचाहको कार्यक्रम सम्पन्न गरेको छ । पनौतीको दिगो विकासका लागि पर्यटन सूचना केन्द्रले थप सहयोग पु¥याउने छ ।’ सूचना केन्द्र मार्फत पर्यटकहरुलाई पनौती भित्रका पर्यटकीय स्थलहरु घुम्न जाने गरी सवारी साधनको ब्यवस्थापनका लागि पहल भएको अध्यक्ष कर्माचार्यले बताउनु भयो । संस्थापक अध्यक्ष सुरेश सैंजुले पनौती पर्यटन विकास केन्द्रले यस अघि १ सय ८ प्रकारका कार्यक्रम गरिएको बताउनु भयो । पनौतीलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन पर्यटन केन्द्रले गरिरहेका कार्यक्रम थप प्रभावकारी बनाउन पर्यटक सूचना केन्द्रले सहयोग पु¥याउने सैजुले बताउनु भयो । पर्यटन विकास केन्द्रलाई पनौती नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा चार लाख सहयोग गरेको थियो । चालु वर्षका लागि प्रदेश सरकारको तर्फबाट २५ लाख रकम विनियोजन भएको अध्यक्ष कर्माचार्यले बताउनु भयो । 
    कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्रको विकास, संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य भईरहेको बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्यले नेपालको विकास र समृद्धीमा पर्यटन क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका क्षेत्र भित्रका संघ संस्थाका प्रतिनिधिहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नागरिकहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।