धुलिखेल / काभ्रे जिल्ला प्रशिक्षक सघं तथा काभ्रे जिल्ला रेफ्री सघंको प्रथम अधिबेशन काभ्रे जिल्ला फुटबल सघंका कार्यवाहक अधयक्ष महेश कर्मचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी कर्मचार्यले फुटबलमा प्रशिक्षण र रेफ्री भनेको मानिसको मेरोदण्ड जस्तै भएकाले यसलाई सबै क्षेत्रबाट सहयोगको आवश्यक रहेको बताउनु भयो । रेफ्रिहरुले कुनै पनि खेलाडीको पक्षमा नलागी निश्पक्ष रुपमा जर्ज गर्नु पर्ने कर्मचार्यले बताउनु भयो । प्रशिक्षकहरुले खेलाडीहरुलाई निरन्तर प्रशिक्षण दिएर खेलाडीहरु उत्पादन एवं राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा खेलाडीहरुलाई सहभागी गर्न सक्ने बनाउनु पर्ने बताउनु भयो । खेलाडी तथा प्रशिक्षकहरुलाई तालिम प्रदान गर्न जिल्ला फुटबल सघंले सहयोग गर्ने र खेललाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा रेफ्रि सघंका अध्यक्ष रोजन श्रेष्ठले रेफ्रि कोर्ष,वर्कशप जस्ता गतिबिधिहरु गर्दे आएको र प्रदेश तथा सघंका खेलहरुमा काभ्रेबाट रेफ्रिहरुलाई सहभागि गराउन सफल भएको बताउनु भयो । आगामी दिनमा जिल्लाका १३ वटै पालिकामा ३ जनाका दरले ३९ जना रेफ्रि उत्पादन गर्ने योजना रहेको बताउनु भयो । त्यसै गरी प्रशिक्षक सघंका अध्यक्ष तथा कार्यक्रमका सभापति रामचन्द्र थापाले २०७७ सालमा काभ्रे जिल्लामा प्रशिक्षक सघं गठन गरिएको बताउनु भयो । एन्फाको समन्वयमा प्रशिक्षक कोष सञ्चालन गरिएको उक्त प्रशिक्षकमा ३२ जना सहभागि रहेको थापाले बताउनु भयो । कार्यक्रममा अखिल नेपाल फुटबल सघंका रेफ्रि नरेन्द्र महर्जन,फुटबल सघं काभ्रेका कोषाध्यक्ष प्रभात श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन फुटबल सघंका महासचिब जयोज नरंसिंहले गर्नु भएको थियो ।





