बनेपा /नेपाल परिवार नियोजन सघं काभ्रे शाखाको ४१ औ वार्षिक साधारण सभा बाट प्रकाश कायस्थको सभापतित्वमा नयाँ समिति चयन भएको छ ।
समितिको कोषाध्यक्ष पुनम जोशी श्रेष्ठ सदस्यहरु अनु श्रेष्ठ, रजनी बैध, नाराणदेवी श्रेष्ठ विकास बैध र रुपा कर्मचार्य रहनु भएको छ । सघंको साधारण सभाको उद्घाटन बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले गर्नु भएको थियो । सापकोटाले सघंले गर्ने कार्यक्रम र नगरपालिकाको स्वास्थय शाखाले गर्ने कार्यक्रम डुब्लिकेशन भएका कारण सघंले नयाँ कार्यक्रम गर्न सुझाब दिनु भयो । स्थानिय सरकार बलियो हुदै गएपछि सघं सस्था कमजोर हुदै जाने भएकाले स्थानिय सघं सस्थाको सहयोग र समन्वयमा नगरपालिकाले गर्ने कार्यक्रम सफल हुने सापकोटाले बताउनु भयो । परिवार नियोजन सघंले महिला र युवा लक्षित कार्यक्रम र यौनिक शिक्षाका बारेमा सचेतना अभिबृद्धि कार्यक्रम अगाडी बढाउनु पर्ने र नगरपालिकाले समन्वय गर्ने सापकोटाले बताउनु भयो । परिवावार नियोजन सघंले समाजमा काम गरेको लामो ईतिहास भएकाले उक्त कामलाई निरन्तरता दिन नयाँ कार्यसमितीलाई सुझाब दिनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य सघंका उपाध्यक्ष सुरकृष्ण बैध, नेपाल परिवार नियोजन सघंका केन्द्रिय सदस्य ईन्द्रलक्ष्मी श्रेष्ठ, सघंका पुर्व सभापति देबेन्द्र प्रसाद भैल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सघंको वार्षिक प्रतिबेदन सचिब बद्री बहादुर खत्रीले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष प्रकाश कायस्थले प्रस्तुत गर्नु भएको थियो । सघंले सन् २०२२ मा ७१ हजार ७ सय ५४ जनालाई सेवा प्रदान गरेको बताएको छ । परिवार नियोजन सम्बन्धि १९ हजार ९ सय ७४, पाठेघर सम्बन्धी १६ हजार ७ सय ३३, एचआईभि एड्स सम्बन्धि ६ हजार ९ सय ३२, गर्भवति÷सुत्केरी सेवा ७ हजार ९ सय ३९, सुरक्षित गर्भपतन ९ सय ८९, स्वास्थ्य शिबिर, यौनिक शिक्षा सम्बन्धि सचेतना कार्यक्रम लगाएतका थुर्पे सेवा प्रदान गरेको कार्यलय प्रमुख तुलसी मानन्धरले जनाकारी दिनु भयो । सघंले विभिन्न किसिमका परिवार नियोजनको साधन वितरण गरेको मानन्धरले बताउनु भयो । कार्यक्रममा सघंका सभापति शुभराज जोशीले सघंले जिल्लाको कुना काप्चाका साथै छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, तनँहुको विभिन्न ठाँउहरुमा गई गुणस्तरीय सेवा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य महिला सदस्य पुनम जोशिले राख्नु भएको थियो भने सभापतित्व शुभराज जोशीले गर्नु भएको थियो ।





