धुलिखेल/एसईई २०७९ को परीक्षाफल प्रकाशनमा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागि ६ हजार १ सय ४५ विद्यार्थी मध्ये १२ जनाले ३.९५ जिपिए ल्याएका छन् । शैक्षिक गुणस्तर खस्कँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
परीक्षामा सहभागि हुन ६ हजार २ सय ५३ जनाले फाराम भरेका भए पनि १ सय ८ जना विद्यार्थी सहभागि भएनन् । सहभागि मध्ये कसैले पनि ४ जिपिए ल्याएनन् । त्यस्तै ३.६५ देखि ३.९५ जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ४ सय ५२ रहेको छ । ३.२५ देखि ३.६० ल्याउने विद्यार्थीहरुको संख्या १ हजार ४७ रहेको छ । २.८५ देखि ३.२० ल्याउने विद्यार्थीहरुको संख्या ८ सय ९३ रहेको छ भने २.४५ देखि २.८० ल्याउने विद्यार्थीहरुको संख्या १ हजार २ सय ५५ रहेको छ । २.०५ देखि २.४० ल्याउने विद्यार्थीको संख्या १ हजार ४ सय ६६ रहेको छ । १.६५ देखि २ जिपिए ल्याउने विद्यार्थीको संख्या ८ सय १३ रहेको छ । १.२५ देखि १.६० जिपिएमा २ सय ३ र ०.८० देखि १.२० जिपिए ल्याउनेमा १६ जना विद्यार्थी सहभागि भएका छन् । औषत जिपिए २.७ रहेको कार्यालयले जानकारी दिएको छ ।





