2026 August 26/ 12:52: 53pm

– संचारकर्मी र गैससकर्मीलाई अभिमुखीकरण
    धुलिखेल/‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ’ भन्ने नाराका साथ नेपालका ३९ जिल्लामा शुरु भएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सन्र्दभमा जिल्लाका सञ्चारकर्मी तथा गैससकर्मीहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको छ । 
    वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासन  (सामी) कार्यक्रमका सन्र्दभमा कार्यक्रम संयोजक बसन्त कुँवरले जानकारी गराउनु भएको छ । ‘सकेसम्म बैदेशिक रोजगारमा जानै नपर्ने गरी सीप सिकेर आफ्नै स्थानमा स्वरोजगार गर्न तथा जानै पर्ने परिस्थितीमा सीप सिकेर जानु पर्ने ब्यवस्थाका लागि सेवाग्राहिरुलाई अभिमुखिकरण र जानकारी गराउने कार्य भईरहेको छ’– कार्यक्रम संयोजक बसन्त कुँवरले भन्नुभयो–‘सामी कार्यक्रमले जिल्लाका सबै नागरिकहरुका लागि बैदेशिक रोजगारका सन्दर्भमा जानकारी गराउने र राहदानी लिन प्रकृया शुरु गरेका ब्यक्तिहरुलाई अभिमुखिकरण गर्दै आएको छ ।’ ‘सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुन्छ । जाने लागत पनि कम हुनुको साथै सुरक्षित काम गर्ने अवसर पाइन्छ । त्यसैले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ । विदेशबाट फर्केपछि स्वदेशमा पनि सो सीपको प्रयोग गर्न सकिन्छ’– कार्यक्रम संयोजक कुँवरले भन्नुभयो । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका र रोशी गाउँपालिकामा सिविक फोरमले कार्यक्रम संचालन गरिरहेको छ भने मण्डन देउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा स्थानीय सरकार आफैले कार्यक्रम संचालन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सामी कार्यक्रमका लागि सिविक फोरमले कार्यक्रम संचालन गरिरहेको । उक्त कार्यक्रम अन्र्तगत वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । 
    आप्रवासी स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन, आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा, रिटर्नी स्वयंसेवक परिचालन, सामाजिक परिचालन तथा सशक्तिकरण कार्यक्रम (समुदाय अभिमुखिकरण÷गहन अभिमुखिकरण) मार्फत घरभेट तथा सूचना प्रवाह गरिरहेको कार्यक्रम संयोजक कुँवरले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लाबाट बैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि राहदानी लिनेहरुको संख्या ११ महिनाको अवधीमा करिव १८ हजार नागरिकहरुले राहदानी लिएका छन् । बैदेशिक रोजगारका लागि जानेहरुको संख्या धेरै छ । बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि मात्रै सूचना तथा परामर्श र सीप उपलब्ध गराउने ब्यवस्था गरिएको कार्यक्रम संयोजक कुँवरले बताउनु भयो । सामी परियोजनाले जनप्रतिनिधि, गैससकर्मी, कर्मचारी, पत्रकार तथा बैदेशिक रोजगारमा जान चाहने र गएर फर्केहरुलाई समेत सूचना परामर्श प्रदान गरिएको उहाँले बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सामी परियोजना प्रभावकारी भएको बताउनु भयो । बैदेशिक रोजगारबाट फर्केका ब्यक्ति र रोजगारमा गएका परिवारका आफन्तहरुलाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, निःशूल्क कानुनी सहायता (न्यायमा पहुँच) र सूचना तथा परामर्श सेवा (सूचनामा पहुँच) जस्ता कार्यक्रममा सामी परियोजनाले सहयोग पु¥याएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनु भयो ।