धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवामा प्रवाह सरलीकरण गरेको बताएको छ । चालु आर्थिक वर्षको ११ महिनाको समिक्षा गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालय भित्रका सेवा प्रवाहलाई सहज बनाईएको बताउनु भयो ।
‘एक स्थान देखि अर्काे स्थान जानु पर्ने अवस्थालाई कम गरिएको, समन्धित सेवा एकत्रित गरिएको, एक प्रकृतिको सेवा एकै साईडमा राखिएको, टाईम÷टोकन प्रणाली लागु गरिएको, सेवाको मिति समय र प्रकृया समेत उल्लेख गरी टाइम कार्ड वितरण गरिएको, राहदानी आवेदनमा डबल स्क्रिनको ब्यवस्था गरिएको, सार्वजनिक विदाको दिनमा समेत सेवा प्रवाह गरेको, अतिरिक्त समय (विहान÷बेलुका) समेत सेवा प्रवाह गरेको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘स्थानीय तहहरुमा सेवा प्रवाह सम्वन्धमा निरन्तर अन्र्तक्रिया, सेवा प्रवाह सम्वन्धी सूचना प्रवाहमा बृद्धी, प्रकृया पुगेकै समयमा सेवाको सुनिश्चिता र सेवाको संख्यामा उल्लेख्य बृद्धी भएको छ ।’ नयाँ नागरिकता् प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवामा नागरिकहरुले थोरै समयमा सहज रुपले सेवा प्राप्त गरेको उहाँले बताउनु भयो । राष्ट्रिय परिचयपत्रका लागि जेष्ठ महिनामा मात्रै २ हजार ९ सय ३३ जनाले फोटो खिचाएका छन् भने २ हजार ४ सय २१ जनाले राहदानीका लागि फोटो खिचाएका छन् । नयाँ नागरिकता १ हजार ६ सय ८९ जनाले प्राप्त गरेका छन् प्रतिलिपि नागरिकता ९ सय ८५ जनाले प्राप्त गरेका छन् ।
त्यस्तै प्रशासन कार्यालयले विपद संकट ब्यवस्थापनका लागि तीन वटा खाृज तथा उद्दार सम्वन्धी अभ्यास गरेको छ भने प्रतिकार्य योजनाहरु तयारी गरेको छ । विपद्का घटनामा तत्काल परिचालित हुने गरी पुर्व सक्रियतामा समन्वयात्मक क्रियाकलाप गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । कार्यालयको भौतिक संरचना थप मिलान गरी सेवा प्रवाह गर्ने डेस्कहरुको ब्यवस्थापन गरिएको उहाँले बताउनु भयो । राहदानी, नागरिक सहयाता, दर्ता चलानी संघ संस्थाका लागि अलग्गै डेस्क खडा गरिएको छ भने बैठक कक्ष, पार्किङ्ग स्थल तथा प्राङ्गण निर्माण, निरन्तर सरसफाईको प्रवन्ध, सेवाग्राहीको प्रतिक्षास्थलको ब्यवस्था र आफ्नै भवनको मुद्दाको पहिलो पटक सुनुवाई भएको छ । सुु–शासनका लागि कार्यालय निरिक्षणमा बृद्धि र स्थलगत अनुगमनलाई विशेष ध्यान दिईएको उहाँले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष ध्यान दिएको बताएको छ । शान्ति सुरक्षाको अवस्थामा सुधार, अपराध नियन्त्रणमा उल्लेखित सफलता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । प्रशासन कार्यालयमा आएका शतप्रतिशत गुनासोको सुनुवाई गरिएको उहाँले बताउनु भयो । सबै उजुरी उपर कारवाही आरम्भ गरिएको छ भने मुद्दा फर्छ्र्याैटको संख्यामा उल्लेखनीय बृद्धी भएको छ । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८५ वटा मुद्दा दर्ता भएकोमा १ सय ३१ वटा फर्छर्याैट भएका छन् । अघिल्लो आर्थिक वर्षको यो अवधीमा ८९ वटा मुद्दा दर्ता भएको थियो भने फैसला ३९ वटा भएका थिए । मुद्दा फैसलाको संख्या अघिल्लो आर्थिक वर्षको भन्दा तेब्बर जस्तै भएको छ । प्रशासन कार्यालय काभ्रेले फिल्डमा देखिने गरी विकास निमार्ण कार्यमा सहयोग गरेको बताएको छ भने सहकार्य सहजिकरणमा बृद्धी भएको छ । सबै स्थानीय तहमा पुगेर समन्वय र अन्र्तक्रिया गरेको, भुम्लुको जग्गाको अभिलेख ब्यवस्थित गर्न पटक पटक बैठक गरि कार्य अन्तिम चरणमा पुगेको, महाभारतबाट ३ जवना सुत्केरी महिलाहरुको पछिल्लो चार महिनामा हेलिकप्टर मार्फत उद्दार गरिएको, महिला बालबालिका बैदेशिक रोजगारमा आश्रीत परिवार केन्द्रित कार्यक्रम, खानीखोला गाउँपालिकालाई सुत्केरी उद्दार कार्यक्रममा समेट्न सिफारिस तथा शहिदको सूची एकिन गरिएको बताईएको छ ।





