भकुण्डे/ मेथिनकोट अस्पतालका सुपरिडेन्टेट डा. मधुकर दाहालले अस्पतालमा सेवा बृद्धि बढे सगै बिरामीहरुको चाप बढ्दै गएको बताउनु भयो ।
डा. दाहालले अस्पतालमा वायोस्पी बाहेकका सम्पुर्ण रोगको परिक्षण गरिने र गुणस्तरीय ल्याब रहेको अस्पताल १५ बेड बाट ५० वेडमा स्तरोन्नती गरेको, सेवामा ११ जना मेडिकल अफिसर सहित ६३ जनाको जनशक्ति रहेको, ३ वटा ईमरजेन्जी बेड भएको छिट्टै २ वटा थप गर्ने, आईसियु बेड १ वटा रहेको, अस्पतालमा हृदयघातका बिरामीका लागी पहिलो चरणको खोप निशुल्क उपलब्ध रहेको, मानसिक रोगको उपचार, डाईलोसिस सेवा, हार्डजोर्नि, बाल विशेषज्ञ, सम्पुर्ण ल्याबको सेवा, रेविज खोप लगायतका थुप्रै सेवाहरु उपलब्ध रहेको र नेपाल सरकारले तोकेको २ सय ५० थरिका औषधिहरु निःशुल्क रुपमा उपलब्ध रहेको दाहालले जानकारी दिनुभएको थियो ।
त्यसैगरी अस्पतालमा वि ग्रेडको एम्बुलेन्स सेवा, द्वन्द्वका समयमा घाईतेहरुको निःशुल्क उपचार, रक्त सञ्चार सेवा उपलब्ध रहेको बताउदै डा. दाहालले अस्पतालमा फिजियोथेरापी सेवा र भवनको आवश्यकता रहेको बताउनु भयो । अस्पतालममा छिट्टै ओटिका सेवा शुरु गरिने दाहालले बताउनु भयो ।
अस्पतालबाट सर्वसाधारणले सहज रुपमा सेवा पाउनका लागी अस्पतालको ब्यबस्थापन पक्ष निरन्तर रुपमा लागी रहेको दाहालले बताउनु भयो । अस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खनालले बागमती प्रदेशलले ५० वेडमा अपग्रेड गरे पश्चात सर्वसाधारणलाई सहज भएको बताउनु भयो । स्थानिय पालिका नमोबुद्ध नगरपालिकाले पनि अस्पताललाई सहयोग गरेको बताउनु भयो ।





