2026 August 26/ 12:53: 23pm

बनेपा/ बनेपा जुनियर क्रिकेट क्लबले २५ औं रजत जयन्तीको अवसरमा  क्लबको समिती पुनर्गठन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 
पुर्नगठन कार्यक्रममा काभ्रे फुटबल संघका कार्यवाहक अध्यक्ष महेश कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो । 
प्रमुख अतिथी कर्मचार्यले काभ्रेमा क्रिकेट रगंशाला आवश्यक रहेकाले स्थानिय सरकारको ध्यान जान आबश्यक रहेको बताउनु भयो । जिल्लामा फुटबल, भलिबल, कराते सगै सबै खेलहरु क्रियाशिल रहेको अबस्थामा क्रिकेट खेललाई पनि सक्रिय र ब्यबस्थापनमा युवाहरुले अग्रसरता देखाएकोमा धन्यबाद दिनु भएको थियो । धेरै समय निस्कृय रहेको क्लबलाई सक्रिय बनाउन लाग्नु भएको टिमलाई बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रमा स्वागत मन्तब्य तथा क्लबका बारेमा सदस्य उज्वल प्रधानले जानकारी दिनु भएको थियो । क्लबमा उर्जाशिल युवाहरुको पहलमा २०५५ सालमा स्थापना भएको बनेपा जुनियर क्रिकेट क्लबले तिन वटा राष्ट्रिय स्तरको क्रिकेट गर्नुको साथै जिल्ला  स्तरको दुई वटा, सुभेन्द्र स्मृति क्लबको सह–आयोजकको भुमिका निर्वाह गरेको जानकारी दिनु भएको थियो । कार्यक्रममा कराते महासंघका केन्द्रिय सदस्य प्रताप बैध, क्लबका सल्लाहकारहरु विजित शाक्य, अशोक रत्न शाक्य, रुपेश कायस्थ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । क्लबको पुनर्गठन बाट अध्यक्षमा निशान कर्माचार्य, उपाध्यक्ष प्रणय सिं मुस्याजु, रोहिस कायस्थ, प्रबिन भोछिभोया सचिब सुशील श्रेष्ठ, सह–सचिब कोलित शाक्य, कोषाध्यक्ष शेसन ताम्राकार, सह–कोषाध्यक्ष कबिन शाक्य र सदस्यहरुमा रोनिश ताम्राकार, रमेश अवाल, रोबिन भोछिभोया, राजकुमार खुप्पा, सौचन तौजले, सरोज रंजितकार सुरज दाहाल  र रितेश कायस्थ चयन हुनु भएको छ । कार्यक्रम क्लबका अध्यक्ष निशान कर्मचार्यको सभापतित्व रहेको थियो ।