2026 August 26/ 03:35: 28pm

शंखु/कृषि ज्ञान केन्द्र काभ्रेपलान्चोक र श्री गौरीशंंकर साना किसान कृषि सहकारी संस्था लि.को साझेदारीमा सुन्तला प्रर्बद्धन कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर  १२ का कृषकहरुलाई सुन्तलाका बिरुवाहरु वितरण गरिएको छ । 
धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले कृषकहरुलाई बिरुवा वितरण गर्नु भएको थियो । काभ्रेको शुंखमा सुन्ताला खेती उत्कृट भए पनि २०७२ सालको महाभुकम्प पछि सुन्तलामा रोगलागी बिरुवाहरु मरेकाले उक्त ठाँउमा पुन नयाँ बिरुवा रोप्नका लागी बिरुवा वितरण गरिएको बताउनु भयो । यहाँका ब्यबसायीक खेती नै सुन्तला रहेको थियो तर रोगका कारण पछिल्लो समय सुन्तलाका सबै बिरुवा मरेको र फल नलागेको लामिछानेले बताउनु भयो । मरेका सुन्तालाका रुखका ठाँउमा नयाँ लगाउने र बाँकीलाई औषधी गर्ने लामिछानेले बताउनु भयो । 
धुलिखेल १२ का कृषकहरुलाई विभिन्न ठाउँमा ४ हजार ८ सय  बिरुवा बितरण गरिएको गौरीशंकर साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो । भट्टराईले बिरुवाको मूल्य प्रतिबोट १५० ले हुन आउने ७ लाख २० हजार  मध्ये ५०% कृषक÷ सहकारी र ५०% कृषि ज्ञान केन्द्र काभ्रेको साझेदारिमा बितरण  सम्पन्न गरिएको बताउनु भयो ।  किसानहरुलाई प्रतिखाडल १०० को रु ५०% र प्रतिखाडल ४० केजी मलको १.५० का दरले हुन आउने रु ६० को ५०% बिल अनुसारको रकम नगदै  उपलब्ध गराईएको थियो ।  कार्यक्रममा संस्थाको सार्वजानिक सुनुवाई समेत गरिएको थियो । 
भुसा काट्ने र पिठो पिन्ने मिल हस्तान्तरण 
प्रधानमन्त्री कृषी आधुनीकी करण आलु सुपरजोन एकाई कार्यालय बनेपाको श्री गौरीशंंकर साना किसान कृषी सहकारी संस्था लि.को साझेदारीमा यान्त्रीकरणतर्फबाट प्राप्त पीठो पिन्ने मिलहरु ७ थान र भुसा काटने मिल ७ थान वितरण गरिएको छ । 
वितरण कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष  मोहन प्रसाद लामिछाने हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष हर्कबहादुर तामाङ, कार्यपालिका सदस्य, नगर सदस्यहरु,  कृषकरुको उपस्थितिमा सबै सहकारीको अन्तर समुहलाई एक÷एक थान उपकरण उपलब्ध गराएको सहकारीका अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनु भयो ।