‘जेष्ठ १६ देखि पत्र ओसारपसार ठप्प’
धुलिखेल/नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन नेपालको आयोजनामा देशभरका हुलाक कार्यालयहरुमा धर्ना शुरु भएको छ । अतिरित्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा कर्मचारीहरुले जेठ १५ देखि सेवा ठप्प बनाएका छन् ।
‘अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रभावित बनेको छ’–जिल्ला हुलाक कार्यालय काभ्रेकी निमित्त प्रमुख नानिमैया आचार्यले भन्नुभयो–‘अवरुद्ध सेवालाई सूचारु गर्न ईलाका तथा जिल्ला हुलाक कार्यालयका कर्मचारीहरु मार्फत पहल भए पनि सम्भव भएको छैन ।’ जिल्लामा २ सय १ जनाको दरवन्दीमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी छन् भने देशभर १० हजार भन्दा धेरै कर्मचारी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत छन् । अतिरिक्त हुलाक कार्यालय अन्र्तगत तीन प्रकारका कर्मचारी हुन्छन् । पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि । जिल्लामा यि तिनै खालका कर्मचारीहरुको दरवन्दी २ सय १ रहेको निमित्त प्रमुख आचार्यले बताउनु भयो । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका केन्द्रिय अध्यक्ष टंकप्रसाद हुमागाईले सरकारले अतिरिक्त हुला कार्यालय खारेजीको निर्णय तत्काल फिर्ता लिनु पर्ने बताउनु भयो ।
‘अतिरिक्त हुलाक खारेजीका सट्टा रुपान्तरण र ब्यवस्थापन गर्नुस, कार्यरत कर्मचारीहरुको सेवा सुविधालाई समायोजन गर्नुस भन्दै हामी विगत लामो समय देखि आन्दोलनमा थियौं’–अध्यक्ष टंकप्रसाद हुमागाईले भन्नुभयो–‘सरकारले हाम्रा कुरा सुन्नुको सट्टा कार्यालय नै खारेजी गर्ने निर्णय गरे पछि आन्दोलित भएका हौं ।’ ‘बजेट प्रस्तुत भएको भोलिपल्ट देखि नै हामी विभिन्न माग राखेर आन्दोलन गरिरहेका छौं’–अध्यक्ष हुमागाईले भन्नुभयो–‘माग सम्बोधन नहुँदासम्म चरणवद्ध आन्दोलन गर्नेछौं ।’ आन्दोलनका कार्यक्रम आन्र्तगत जेठ १६ गते देखि नै डाँक सेवा बन्द गरिएको छ भने असार ५ गते देखि धर्ना कार्यक्रम शुरु गरिएको छ । असार १० जिल्ला हुलाक कार्यालयका सबै सेवा अवरुद्ध पार्ने र असार ११ गते देखि नयाँ कार्यक्रम घोषणा हुने अध्यक्ष हुमागाईले बताउनु भयो । जिल्ला अध्यक्ष लिला हुमागाईले केन्द्रको निर्णय अनुसार विहान १० बजे देखि दिउसो १ बजेसम्म धर्ना कार्यक्रम शुरु गरिएको बताउनु भयो । अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले हुलाक प्रतिनिधि र पत्र वितरकले मासिक ८ हजार ३ सय १० रुपैया र डाक बाहकले ७ हजार २ सय ७५ रुपैया पारिश्रमीक पाउँदै आएका थिए । सोहि रकम वढाउन वर्षाै देखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको उनिहरुले बताएका छन् । यो कार्यालयमा १० वर्ष देखि ५० वर्ष सेवा गरेका ब्यक्तिहरु पनि छन् ।
‘अतिरिक्त हुलाक कार्यालयको खारेजीका कारण सेवामा समस्या भएको छ’–जिल्ला हुलाक कार्यालय काभ्रेकी निमित्त प्रमुख नानीमैया आचार्यले भन्नुभयो–‘पत्र पु¥याउने ब्यक्ति नै हुनुहुन्न । कसै न कसैगरी पु¥याउने प्रयास भए पनि सम्भव भएको छैन ।’ काभ्रेमा जिल्ला हुलाक सहित १२ वटा इलाका छन् । खानिखोला र बेथान्चोकमा इलाका हुलाक छैन तर भुम्लु र पनौतीमा दूई दुईवटा छन् । अहिलेकै अवस्थामा जिल्लाभर पत्र पु¥याउन सम्भव नभएको उहाँले बताउनु भयो । पछिल्लो समय हुलाकको काम छैन भने पनि पत्रहरुको भार हिजो नाम्लोले बोक्नु पर्ने अवस्थाबाट झोलामा आएको आचार्यले बताउनु भयो । सरकारी पत्रहरु र अनिवार्य पत्र पुग्नु पर्ने अवस्थामा वित्तिय क्षेत्र तथा अन्य पत्रहरु धेरै आउने गरेको उहाँले बताउनु भयो ।





