२६ फर्छर्याैट, ७ प्रकृयामा
धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०८० जेष्ठ मसान्तसम्ममा ३३ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेका १५ वटा सहित चालु वर्ष दर्ता भएका १८ वटा मुद्दा गरी ३३ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये २६ वटा फर्छर्याैट गरी ७ वटा बाँकी छन् ।
बाँकी रहेका मध्ये बालसुधार गृहमा २ वटा मुद्दा रहेका छन् । अभिभावकको जिम्मामा रहेका तीन वटा र प्रतिवादी आफै तारेखमा रहेका चारवटा छन् । अदालतले तीन जना बालबालिकाहरु जिम्मा लगाएको छ । जसको मुद्दा चलिरहेको छ । दर्ता भएका मध्ये ७ वटा बाल यौन दुब्र्यबहारका छन् । श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेका अनुसार प्रकृया पुगेका मुद्दाहरु फैसला गर्ने र दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउने लक्ष्य अनुसार अधिकांश मुद्दाहरु फर्छर्याैटको प्रकृयामा छन् । केहि फर्छर्याैट भएका छन् । २०७८ जेठ १८ गते दर्ता भएको बाल यौन दुब्र्यवहार मुद्दा २०७९ साउन १२ गते फैसला भएको छ । २०७८ असोज १८ गते दर्ता भएको जर्बजस्ती करणी मुद्दा २०७९ फागुन २८ गते फैसला भएको छ । २०७८ मसिंर ६ गते दर्ता भएको हाडनाता करणी मुद्दा २०७९ माघ १९ गते फैसला भएको छ ।
सवारी अङ्गभङ्ग, डाँका चोरी, अभद्र ब्यवहार, अपहरण तथा शरिर बन्धक, झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएका, जर्बजस्ती करणी र चोरी, जर्बजस्ती करणी, शरिर बन्धक र जर्बजस्ती करणी, ज्यानमार्ने उद्योग, बाल यौन दुब्र्यवहार लगायतका मुद्दा दर्ता भई फैसला भएका हुन् । केहि अनुसन्धानको प्रकृयामा छन् ।





