वडामै रोजगारी सिर्जना प्राथकितामा
– १ अर्ब १५ करोडको बजेट विनियोजन
– प्रत्यक्ष रोजगारी सिर्जना गर्ने एक वडा एक कार्यक्रम
– दीर्घ रोगीहरुलाई घर घरमा औषधी
– धुलिखेलका खेलाडी सधै अगाडी
– स्वः उत्प्रेरित शिक्षक कार्यक्रम
– लैङ्गिक हिंसा नगरी समान ब्यवहार
– अपाङ्गतामैत्री नगरपालिका घोषणा
– जन्म र मृत्यु दर्ता देशकै नमूना बनाउने
– धुलिखेलको आवाज, छुवाछुतमुक्त समाज,
– आर्थिक विकासको आधार उद्यमशीलता र रोजगार
– मेयर गरिबी निवारण कार्यक्रम
– उद्यमी युवा समृद्ध धुलिखेल निर्माणमा टेवा
मोतीराम तिमल्सिना
धुलिखेल
धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि नगर सभाको तेह्रौ अधिबेशन बुधबार सम्पन्न गरेको छ । तोकिएको अवधी भित्र बजेट ल्याउने जिल्लाका १३ पालिका मध्ये धुलिखेल पहिलो हो । नगर सभामा आगामी वर्षका लागि १ अर्ब १५ करोड १५ लाख रकम विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ का लागि नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जंगमले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास भएको छ । त्यस्तै २०७९/०८० मा नगरपालिकाले गरेको गतिविधि अथार्त यथार्थ स्थिति समीक्षा नगर उपप्रमुख निराजन जंगमले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतले पास भएको छ । नगर सभाको शुन्य समयमा सभाका सदस्यहरुले उठाएका समग्र विषयबस्तु माथी छलफल भएको थियो । नगर सभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले पास भएका विधेयकहरु प्रकृयाबाट प्रमाणीकरण हुने बताउनु भयो ।
नगर प्रमुख अशोक ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य शहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्त अल्पता मुक्त नगर, दीर्घ रोगीहरुलाई घर घरमा औषधी पु¥याउने घोषणा गर्नु भयो । ‘नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीहरुलाई घर घरमा औषधी पु¥याउने र स्वास्थ्य परीक्षणको ब्यवस्था मिलाईनेछ’–नगर सभा प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘काभ्रे हाईपरटेन्सिभ क्यास्केड केयर कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।’ सभाले धुलिखेल नगर अस्पताल संचालन, स्वास्थ्य पर्यटन गन्तब्यको, रोग विरुद्धको चेतना ब्यक्ति ब्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहु–क्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बीमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य हाम्रो सरोकार, स्वास्थ्य शहर, धुलिखेल नगर, धुलिखेल नगर, धुँवा मुक्त शहर, विपद्मा नगरपालिकाको साथ, अत्यावश्यकीय औषधी तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ति स्वास्थ्य शिविर संचालन घोषणा गरेको छ ।
शिक्षामा स्वःउत्प्रेरित शिक्षकले मात्र सिकाउछन भन्ने कार्यक्रमलाई प्राथमिकता दिने, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको ब्यवस्था मिलाई सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने, शिक्षकको ब्यवस्थापन कार्य र विद्यार्थीको सिकाई उपलब्धीको मुल्यांकन गरी समग्र शैक्षिक उपलब्धीको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति लिने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेलका खेलाडी सधै अगाडी भन्ने नारालाई ब्यवहारमा ल्याउन युवा तथा खेलकुद कार्यक्रम प्रभावकारी बनाउने, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशिता लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने, लैङ्गिक हिंसा नगरी समान ब्यवहार गरौ, महिला पुरुष कोहि पनि हिंसामा नपरौ भन्ने नारालाई कार्यान्वन गर्ने घोषणा गरेको छ ।
ब्यक्तिगत घटना दर्ता सम्वन्धमा देशकै नमूना सिकाई तथा ब्यवस्थापकीय केन्द्रको रुपमा विकास गर्ने, अपाङ्गतामैत्री नगरपालिका घोषणाका लागि पदमार्ग निर्माण तथा संरचनाहरुलाई अपाङ्गमैत्री बनाउन जोड दिने घोषणा गरेको छ । बाल अधिकारको संरक्षण तथा आपतकालिन अवस्थामा उद्धार तथा संरक्षणको लागि वडा नगर बाल संरक्षण कोष संचालनमा निरन्तरता दिईनेछ । जन्मदर्तालाई नै पहिलो आधार मान्ने कार्यलाई प्रभावकारी बनाउँदै अगाडी बढ्ने घोषणा गरेको छ । ‘धुलिखेलको आवाज, छुवाछुतमुक्त समाज’, आर्थिक विकासको आधार उद्यमशिलता र रोजगार, मेयर गरिवी निवारण कार्यक्रम, उद्यमी युवा समृद्ध धुलिखेल निर्माणमा टेवा भन्ने कार्यक्रम घोषणा गरेको छ । ‘एक घर एक घारा, नगर क्षेत्र भित्रका सबै खानेपानी आयोजनाहरुको संरक्षण, संचालन र मर्मत सम्भार तथा महशुल ब्यवस्थामा एकरुपता कायम गर्ने घोषणा भएको छ । सडक पूर्वाधार अन्र्तगत नियमित मर्मत सम्भार दिगो सडकको आधार भन्ने अभियानलाई पुरा गर्ने घोषणा गरेको छ । अन्य पूर्वाधार, भवन आवास तथा शहरी विकास अन्र्तगतका कार्यक्रम, प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कम्तीमा एक वडा एक आयोजना, पर्गटन विकास, कृषि विकास, पशुपन्छी विकास, गरिबी न्यूनीकरण, श्रम, रोजगारी तथा उद्यम विकास, वन वातावरण तथा विपद् ब्यवस्थापन, सूचना, संचार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा शुशासन, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्वन्ध, राजश्व परिचालन, सार्वजनिक सम्पतीको संरक्षण तथा ब्यवस्थापन लगायतका विषयमा विभिन्न योजना सहितको बजेट विनियोजन भएको छ ।
विनियोजन भएको बजेट मध्ये चालु तर्फ ६७ करोड ६५ लाख ३२ हजार रहेको छ भने पुँजिगत खर्च तर्फ ४६ करोड ७९ लाख ६८ हजार रहेको छ । वित्तीय ब्यवस्था तर्फ ७० लाख विनियोजन भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ३५ करोड अनुमान गरिएकोमा आर्थिक मन्दीका कारण लक्ष्य अनुरुप राजश्व संकलन हुन नसकेकाले कुल बजेट १ अर्ब २२ करोड २५ लाख कायम गरिएको थियो । चालु वर्षको प्रगतिमा ८०.३५ प्रतिशत प्रगति भएको छ ।
उपप्रमुख माथी प्रश्नै प्रश्न
धुलिखेल नगरपालिकाको १३ औ नगर सभामा प्रस्तुत बजेट तथा नीति कार्यक्रम सर्वसम्मतले पास भए लगत्तै शुरु भएको शुन्य समयमा बोल्दै नगर सभाका सदस्यहरुले नगर पालिका भित्रका आन्तरिक विषयलाई गलत रुपले ब्याख्या गर्दै हुँदै नभएको विषयलाई अनियमितताको हवाला दिदै सार्वजनिक गर्ने उपप्रमुख निराजन जंगम माथी कारवाहीको माग गरेका छन् । सभाका सदस्यहरुले तत्कालिन वडा अध्यक्ष समेत रहेका बखत धुलिखेल वडा नम्वर ८ का नागरिकलाई दुईवटा सिफारिस दिएर राजश्व छलेको, कार्यालयका कागजात नष्ट गरी सरकारी सम्पति हिनामिना गरेको, अन्य कागजात समेत नष्ट गरेको, वडा अध्यक्ष हुँदा उपभोक्ता समिति गठन, सिफारिस लगायतका विषयमा अनियमितता गरेका लगायतका विषयमा छानविन गर्न माग गरेका थिए । त्यस्तै तत्कालिन समयमा निराजन जंगम संलग्न भई धुलिखेलको फोहोर मैला ब्यवस्थापनमा असुल भएको रकममा कार्यपालिका एक्लैले नगर सभालाई जानकारी नै नदिई वडा अध्यक्ष जंगमकै दबाबमा २३ लाख भन्दा धेरै राजश्व मिनाहा गरेको भन्दै सोहि राजश्व मिनाहा दिने कार्यपालिकाको निर्णय खारेज गरी सभाबाट राजश्व असुल्न निर्देशन दिन माग गरेका थिए । त्यस्तै उपप्रमुख जंगमले प्रयोग गरेको सवारी साधन मर्मतका नाममा भएको अस्वभाविक खर्चको छानविन गर्न समेत माग गरेका थिए ।
अनियमितता भएको भन्दै प्रचार गर्ने उपप्रमुख सहित वडा अध्यक्षहरुले पाँचखाल नगरपालिकाको समाचार प्रकाशन भए पछि त्यसकै झोकमा धुलिखेलका विषयमा अर्नगल प्रचार गरेको स्पस्टिकरण दिएका थिए । सभामा आउन समेत असहज भएको्, मुख देखाउन पनि लाज भएको, वडामा पनि स्पस्टिकरण दिएर हैरान भएकाले बाध्य भएर आफुहरु सभामा आएको बताएका थिए । नगर प्रमुख ब्याञ्जुले नगरपालिकामा कसैले पनि एक रुपैया हिनामिना गरेको भए कानून अनुसार कारवाही गर्ने प्रतिवद्धता जनाउँदै त्यस्ता सूचना भए जो सुकै भए पनि ल्याउन अनुरोध गर्नु भयो । दोषि देखिएमा जो कोहि कारवाहीबाट मुक्त हुन नसक्ने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । सामाजिक संजाल र केहि संचार माध्यमहरुले पाँचखालको समाचार प्रकाशन भए पछि बाध्य भएर धुलिखेलको लेख्न परेको बताएका थिए । ‘हामी चेपुवामा प¥यौं, समाचार लेख्ने पत्रकारले पाँचखालको लेख्नु भयो, यताको केहि पनि नआउँदा समस्या भयो । जे जे भए पनि होस भनेर दियौ आखिर हैन रहेछ त्यसै बदनाम भयो । अहिले हामीलाई नै संकट भयो’–ति सदस्यले भने । नगरपालिकाको राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरको छवी कायम गर्न आफुहरु प्रतिवद्ध भएर सभामा आएको ति सदस्यहरुले बताए ।





