2026 August 24/ 10:39: 46am

    शंखु/भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौंडा अन्तरगत कृषि ज्ञान केन्द्र काभ्रेपलान्चोक र गौरीशंंकर साना किसान कृषि सहकारी संस्थाको साझेदारिमा ५०÷५० प्रतिशत अनुदानमा सुन्तला जात प्रर्वद्धन कार्यक्रम अन्र्तगत यान्त्रिकरण उपलब्ध गराईएको छ । 
    कृषि ज्ञान केन्द्र मार्फत १६ लाख र सहकारीको १६ लाख गरी ३२ लाख रुपैयाँमा यान्त्रिकरण खरिद गरिएको थियो । उक्त रकमबाट सात एचपी पावरको टेलर २८ थानको ११ लाख ४८ हजार र १ सय ७ थान इलेक्ट्रिक टुवेय ब्याट्री स्प्रे पम्प ४ लाख २८ लाखको सामान १ सय ३५ जना कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएको संस्थाका अध्यक्ष सिताराम भट्टराईले बताउनु भयो । अनुदानका सामाग्री हस्तान्तरण कार्यक्रममा कषि ज्ञान केन्द्र काभ्रेका प्रतिनिधि बाली बिषेशज्ञ सरिता सापकोटा, धुलिखेल नगरपालिका १२ नम्वर वडाका वडा अध्यक्ष मोहन लामिछाने, नगर सदस्यहरु गोपिकृष्ण श्रेष्ठ, रमेश तामाङ, बिभा रम्तेल, कार्यपालिका सदस्य कमला काफ्ले र सुमि भुजेल साथै निर्वतमान वडा अध्यक्ष हर्कबहादुर तामाङ, समाजसेवीहरु, संस्थाका संन्चालक समितिका पदाधिकारीहरु, सदस्यहरु, लेखा समिति पदाधिकारीहरु, अन्तर समुह संयोजकहरु र सुन्तला बगैंचा किसानहरुको सहभागीता रहेको थियो । सोहि अवसरमा सार्वजनिक सुनुवाई समेत आयोजना गरिएको थियो । 
    त्यस्तै कार्यक्रममा सुन्तलाका बिरुवा, खाडल, प्राङ्गगारिक मलसँग १६ लाख बराबरको कार्य विरुवा बाहेक सम्पन्न भैसकेको र असार पहिलो हप्ता ४८ सय बिरुवा प्राप्त भए पछि किसानहरुलाई वितरण गरिने बताईएको छ ।