2026 August 24/ 10:39: 44am

    बनेपा/बनेपामा क्यानाडा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सहजीकरण गर्न विग ब्याङ्ग नामक अन्र्तराष्ट्रिय एजुकेशनल कन्सल्टेन्सी शुभारम्भ गरिएको छ । कन्सल्टेन्सीको शुभारम्भ नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले गर्नु भएको छ । 
    ‘अवसरका लागि अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहज र सरल तरिकाट पठाउने कार्यमा विद्यार्थी र अभिभावकको मन जित्नु जरुरी छ’–नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले भन्नुभयो–‘विद्यार्थी ठगिने, अलपत्र पर्ने र सम्झौता अनुसारको काम नहुने अवस्था आउन नदिन शुरुमै सत्य तथ्य कुरा बुझाएर मात्रै प्रकृया शुरु गर्न आवश्यक छ ।’ केहि कन्सल्टेन्सीले बालबालिकाहरुलाई विभिन्न मुलुक अध्ययनका लागि पठाउने नाममा ठगि गरिरहेको गुनासो आईरहेको अवस्थामा ब्यापारीक नगरी बनेपामा शुरु भएको विग ब्याङ्गले अभिभावक र विद्यार्थीको मन जित्ने कार्य गर्न डाईरेक्टर शशि तिमल्सिनाले बताउनु भयो । 
    ‘विद्यार्थीहरुलाई शुरुमा सबै विषयमा जानकारी गराईन्छ । विद्यार्थीहरुले कुन क्याम्पसमा कुन विषय अध्ययन गर्ने हो ? त्यो अध्ययनले विद्यार्थीहरुको बाँकी भविश्यका लागि रोजगारको वा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्छ कि गर्दैन ? सबै बुझाए पछि मात्रै प्रकृया शुरु गर्छाै’–डाईरेक्टर शशि तिमल्सिनाले भन्नुभयो–‘क्यानाडामा रहेका ५ वटा विश्वविद्यालयहरुमा प्रत्यक्ष र अन्य केहि शैक्षिक संस्थामा विग ब्याङ्ग मार्फत विद्यार्थीहरु पठाईने छ ।’ क्यानाडामा केन्द्रिय कार्यालय रहेको उक्त कन्सल्टेन्सीले सचेतना सहितको परामर्श दिने तिमिल्सनाले बताउनु भयो । 
    कार्यक्रममा अटल पाँचकुण्ड सहकारीका अध्यक्ष दिपक दाहालले बैदेशिक रोजगार अथार्त शैक्षिक कार्यमा जाने ब्यक्तिहरुका लागि संस्था मार्फत सहयोग गरिएको बताउनु भयो । संस्था र सहकारी बीचको समझदारी र सम्झौता गरेर समन्वय गर्न सकिने बताउनु भयो । उक्त कन्सल्टेन्सीमा ६ जनाको साझेदारी रहेको छ । अभिभावकहरुले क्यानाडा सन्तान पठाउन चाँहदा उक्त कन्सल्टेन्सीमा समन्वय गर्न सकिने छ ।