2026 August 24/ 10:39: 44am

    पनौती/ऐतिहासिक पनौती जात्रा आईतबार तीनवटा रथ एक आपसमा जुधाए सँगै सम्पन्न भएको छ । जेष्ठ पूर्णिमा तथा घुम पूर्णिमाका अवसरमा मनाईने हिले जात्राका रुपमा चिनिने पनौती जात्रामा पनौती आसपासका क्षेत्रबाट हजारांै सर्वसाधारण सहभागी भएका थिए । 
    जात्राको तेस्रो दिन रथ जुधाउने पनौतीको मुख्य जात्रा पर्दछ । यो दिन जेष्ठ पुर्णिमाको दिन माता भद्रकाली, उन्मत्त भैरवनाथ र इन्द्रेश्वरको गरी तीन रथलाई तानेर एक आपसमा जुधाए पछि जात्रा समापन हुनेछ । सोहि परम्परा अनुसार आईतबार नगर भित्र रथ तानेर ल्याई डबलीमा तिन वटा रथ जुधाउँदै जात्रा सम्पन्न भएको हो । प्राचिन किम्बदन्ती अनुसार यो जात्रामा यौनिक हिसाबले माता भद्रकालीको रथसँग भैरबनाथको रथ पहिलो चोटी पछाडीबाट तिन पटक जुधाईन्छ त्यस पश्चात इन्द्रेश्वरको रथ जसलाई भक्तजनहरुको समुहले काँधमा बोकेर पछाडीबाट तिन पटक जुधाईन्छ । यसरी रथ जुधाई रहँदा पनौती बजार भरि विभिन्न बाजा गाजा सहित मनाईएको जात्रा सम्पन्न हुन्छ ।
    पनौती जात्रा मल्लकालीन समय देखि शुरु भएको किवदंती छ । जात्रा क्रमश नेवारी भाषामा द्यो, थह्, विज्यागु द्यो कव्विजागु बाट सुरु हुन्छ । यो द्यो, थह्, विज्यागु द्यो कव्विजागु भन्दा खेरी प्रायभ द्रकाली दवि आशनबाट शुरुको दिनमा तल राखिन्छ । त्यसपछि जात्रा प्रारम्भ भएको मानिने पनौतीका जानकार पुरुषोतम ताम्राकारले बताउनु भयो । द्या तल आशनमा बसेको दिन देखि ३—४ दिनमा कुलक्या जात्राको पहिलो दिन पर्दछ । त्यसै दिन पनौती जात्राको पहिलो दिन हो । यस दिन काठमाडौको हनुमान ढोकाबाट ल्याएको फुलप्रसाद र तरवार समेत ल्याईन्छ । त्यसपछि तरवार बोक्ने द्धारेद्धारा पनौती वसपार्कबाट तरवार बोक्दै द्धारेलाई ढोका वाहिरबाट पुनः पनौती बजार भित्र गाजा सहित पनौती देश घुमाएर स्वागत गरिन्छ । स्थानीय युवाहरुको समेत आकर्षण रहेको पनौती जात्रा सम्पन्न गर्न नगरपालिका तथा विभिन्न संघ संस्थाको समन्वय र सहयोग रहेको स्थानीय रोशनकुमार श्रेष्ठले जानकारी दिनु भयो । 
    ततःपश्चात त्यो साँझपखको समयमा दुइचा थरका महिलाहरुद्धारा त्यस दिन त्रिवेणी घाटको झोलुङगे पुलमा बाजागाजा सहित दुइपट्टी पुजाको थाली राख्दै खर्पनमा पुजा बोकेको व्यक्ति सहित दुइचा जातिको महिलाहरुद्धारा त्यो दिन विस्तारै सुस्त सुस्त तरिकाले झोलुङगे पुलमा हिड्छ । त्यस दिन कुलक्या पर्व पर्दछ । किम्बदन्ती अनुसार परापुर्व कालमा पनौतीबाट पाटन लगेको वासुकी नाग जात्रा हेर्न आउने क्रममा उक्त दिन पुण्य माता खोला बढेर ठुलो बर्षा भएको र उता ब्रम्हायणी मन्दिरमा खर्पन सहितको पुजा लान त्यो समयमा पुल नभएकोले किंबदन्ति अनुसार बासुकी नागको ज्यु नै वारी पारि ढाक्ने गरेर पुल बनेको रहेछ । उक्त दिन राति भद्रकाली मातालाई रथमा राखी ब्रम्हायणी मन्दिरमा पु¥याइन्छ । यसरी जात्राको दोस्रो दिन मुजात्रा पर्वको जात्रा प्रारम्भ हुन्छ । 
    दोस्रो दिन पनौती वासिहरुको भोज खाने, वरीपरीको आफन्त, स्टमित्रहरुलाई बोलाउने दिन हो । यस दिन चाकन्छी देके वानेगु अर्थात पनौती भरिको देवदेविको मन्दिरहरुमा विहान देखि नै पुजा गर्ने  चलन छ । अघिल्लो राति तानेर ल्याएको भद्रकालीको मुर्ति ब्रम्हायणीमा राखि विभिन्न प्रकारको वोका, हाँस, कुखुराहरुको बलि मार्फत पुजाआजा गरिन्छ । पनौतीको शक्ति पिठ ब्रम्हायणी मन्दिरमा माता भद्रकालीलाई दिन भर ब्रम्हायण्ीा मन्दिरमा राखिन्छ । त्यस दिन कर्मचारी थरको आचानु (थर) का व्यक्तिले धार्मिक कर्मकाण्डका हिसाबले पुजाआजा गरिन्छ । प्रत्येक १२ वर्षको मकर मेला अनि स्थानीय साना ठुला जात्राहरु वर्षभरी हुने गरेका छन् । मानेश्वरी जात्रा, गणेदेय जात्रा, संकटामाईको जात्रा पनौतीका महत्वपूर्ण जात्रा हुन् । घुम, डोका, चिउरी, केरा लगायतका विभिन्न बस्तुहरु विक्रीका लागि राखिएको छ । पुर्णिमाका दिन तीनवटा रथ जुधाए पछि सकिने जात्राको पुर्व सन्ध्यामा विभिन्न विधी गरिएको छ ।