– बादीको दाबी नपुग्ने ठहर
धुलिखेल/बनेपामा रहेको चण्डेश्वरी गुठीका सम्वन्धमा परेका जिल्ला अदालतको मुद्दा फैसला भएको छ । गुठी संस्थान विरुद्ध ३३ थान मुद्दा २०७६ सालमा दर्ता भएको थियो । दर्ता भएको मुद्दामा बादीको दावी नपुग्ने फैसला २०८० जेठ १० गते प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासबाट भएको छ । फैसलाको पूर्ण पाठ आउन बाँकी छ ।
गुठी संस्थान कार्यालयको निर्णय विरुद्ध चण्डेश्वरी गुठीमा आवद्ध बनेपा नगरपालिका वडा नम्वर ५ का कृष्णप्रसाद कर्माचार्य, आशाकाजी कर्माचार्य, कृष्ण कर्माचार्य, खङ्ग नारायण कर्माचार्य, श्यामकृष्ण कर्माचार्य, हरिकृष्ण कर्माचार्य, ध्रुर्व भन्ने विष्णु कर्माचार्य, दलबहादुर कर्माचार्य र दिपेन्द्र कर्माचार्य लगायतले चण्डेश्वरी माईको सम्वत १९८२ सालको लगत अनुसार आफुले मोहियानी हक प्राप्त गर्नु पर्ने माग दावी गरेका थिए । सोहि दावी नपुग्ने ठहर जिल्ला अदालतले गरेको श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले बताउनु भयो । चार वर्ष पुरानो मुद्दा फैसला भएसँगै जिल्ला अदालतमा दुई वर्ष पुराना मुद्दाहरुको संख्या ७३ मा झरेको छ ।





