बचतकर्ता ठग्नेको बेईज्जत !
धुलिखेल/बनेपाको चारदोबाटो चोकमा केन्द्रिय कार्यालय राखेर चौरीदेउराली, पाँचखाल लगायतका स्थानमा शाखा कार्यालय समेत संचालन गरी करिव १० हजार बचतकर्ताबाट असुल गरेको १४ करोड रकम फिर्ता नगरेर फरार भएका पुण्यश्वर सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतमको गाली बेईज्जत भएको उजुरी जिल्ला अदालतमा दर्ता भएको छ ।
‘चेष्टा साप्ताहिक, नेपाल समाचार पत्र दैनिक लगायतका संचारमाध्यममा समाचार लेखेर चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिनाले मेरो गाली बेईज्जती गरे, म अन्यायमा परें, कारवाही गरि पाउँ’–पुण्यश्वर सहकारीका अध्यक्ष समेत रहेका पुर्व शिक्षक डम्बरप्रसाद गौतमले फिरादमा भनेका छन्’–‘म आफै पीडित हुँ, मैले न्यायका लागि अदालतमा मुद्दा दर्ता गरेको अवस्था छ । अदालतमा दर्ता भएको मुद्दा अगावै समाचार प्रकाशन गरेर मेरो गाली बेइज्जती भएकाले तिमल्सिनालाई कारवाही गरि पाउँ ।’ जिल्ला अदालत काभ्रेपलाञ्चोकले समेत क्षेत्राधिकार नाघेर फिराद दर्ता गरेको छ । प्रेस काउन्सिल ऐन २०४८ अन्र्तगत पत्रकार आचार संहिता २०७३ अनुसार संचारमाध्यममा प्रकाशन भएका समाचारले कुनै ब्यक्ति वा संघ संस्थालाई असर पुगेको छ भने सम्वन्धित संचारमाध्यमबाट खण्डन प्रकाशन गर्ने, खण्डन प्रकाशन नगरेमा वा प्रकाशन गरेर पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने ब्यवस्था छ । प्रेस काउन्सिलले त्यस्ता ब्यक्ति वा संचारमाध्यमलाई सचेत गराउने, स्पस्टिकरण सोध्ने, त्यस उपर थप कारवाही अघि बढाउन सक्ने कानूनी ब्यवस्था छ । डम्बरप्रसाद गौतमका छोरा कुमार गौतम संस्थाका प्रवन्धक हुन् । रामेछाप जिल्लाको गुन्सि भदौरेमा रहेर लामो समय शिक्षण गर्नु भएका पत्रकार आचार संहिता २०७३ अनुसार संचारमाध्यममा प्रकाशन भएका समाचारले कुनै ब्यक्ति वा संघ संस्थालाई असर पुगेको छ भने सम्वन्धित संचारमाध्यमबाट खण्डन प्रकाशन गर्ने, खण्डन प्रकाशन नगरेमा वा प्रकाशन गरेर पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने ब्यवस्था छ ।
प्रेस काउन्सिलले त्यस्ता ब्यक्ति वा संचारमाध्यमलाई सचेत गराउने, स्पष्टिकरण सोध्ने, त्यस उपर थप कारवाही अघि बढाउन सक्ने कानूनी ब्यवस्था छ । डम्बरप्रसाद गौतमका छोरा कुमार गौतम संस्थाका प्रवन्धक हुन् । रामेछाप जिल्लाको गुन्सि भदौरेमा रहेर लामो समय शिक्षण पेशा गरेर विदा भएका सरकारको पेन्सन समेत खाईरहेका डम्बरप्रसाद गौतमले छोरा विरुद्ध मुद्दा दर्ता गरेको नाटक रचेका छन् । रकम असुल्दा समेत अध्यक्ष नभनेका, संस्थाको कार्यालय बन्दको सूचना टाँस गर्दा आफै अध्यक्ष बनेर हस्ताक्षर गरेका, वडा अध्यक्ष हिटलर शाक्यको सामुन्नेमा आफै रकम फिर्ता गर्छु भनेर ल्याप्चे छिचेका अन्र्तराष्ट्रिय स्तरका फटाहा गौतमले बचतकर्ता विरुद्ध समेत जिल्ला अदालतमा फिराद दर्ता गराएका छन् । पीडितहरुले विभिन्न निकायमा दिएको उजुरीका आधारमा समाचार लेखेको विषयले गाली बेईज्जती भएको महसुस गर्ने गौतमको इज्जत फर्काउन बचतकर्ताको १४ करोड रकम फिर्ता गर्नु पर्दैन ??
के हो घटना ? को हुन् सहकारी ठग ?
बनेपाको मुटु जस्तै मध्यभागको केन्द्र चारदोबाटो वडा नम्वर ७ मा भब्य डेकोरेसन सहित कार्यालय राखिएको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ बर्षिय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर ६ महिना देखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम सम्पर्क विहिन छन् । कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानिआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुबै संस्थाको लेखापालका रुपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाई प्रदिप गौतम ऋण संयोजक छन् । भाई बुहारी गंगा श्रेष्ठ गौतम र भाई उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोहि सहकारीको रकमबाट अष्ट्रेलिया पठाईएको छ । द्रौपदा सहकारीको करिव ५ करोड रकम अपचलन भएको छ । संचालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवी गौतमको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । सहकारीको चौरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा सहितका ८ हजार ५ सय सदस्यको ९ करोड रकम उनै कुमारले खर्च गरेर बेपत्ता भएका हुन् । कुमारका छिमेकी गंगाबहादुर तामाङ सचिव छन् । अन्य केहिलाई थाहा नै नदिई किर्ते गरेर सदस्यमा राखेका छन् । उनिहरु पनि किर्ते विरुद्ध कानूनी उपचारमा लागेका छन् । उपाध्यक्ष झम्कप्रसाद गौतम लगायतले बनेपा नगरपालिका, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायतका स्थानमा उजुरी गरेका छन् । उनिहरु सहित ३१ जना बचतकर्ताको उजुरीमा हस्ताक्षर छ । जिल्ला प्रहरी कार्यालयले सहकारीको रकम लिएर भाग्ने ब्यक्तिहरुको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । पीडितहरुले आफु ठगिएको भन्दै ठगीमा कारवाही गर्न जाहेरी दिएका छन् ।
२०७९ पुष २६ गते जिल्ला प्रशासन कार्यालयमा ३१ जना बचतकर्ताहरुले डम्बरप्रसाद गौतम संचालक अध्यक्ष र उनकै छोरा कुमार गौतम प्रमुख कार्यकारी अधिकृत रहेको सहकारी पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालय समेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दर्ता गरेका थिए । प्रशासन कार्यालयले उक्त निवेदन सहितको आदेश जिल्ला प्रहरी कार्यालयलाई लेखि पठाएको थियो । जिल्ला प्रहरी कार्यालयले उक्त निवेदन माथी कुनै सुनुवाई नगरेको पीडितहरुले बताएका छन् । पीडितहरुले बनेपा नगरपालिकामा फागुन ११ गते दिएको निवेदनका आधारमा बनेपा नगरपालिकाले भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा फागुन ३० गते पत्र लेखेर कारवाहीका लागि अनुरोध गरेको थियो । पुण्यश्वर, एसियन स्टार र द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आवश्यक कारवाहीका लागि सिफारिस गरेको थियो । विभिन्न कार्यालयमा दिएको निवेदन उपर कतै सुनुवाई नभए पछि पीडितहरु आफै बागमती प्रदेशको सहकारी मन्त्रालयमा चैत्र ६ गते पुगेका थिए । सोहि दिन जिल्ला प्रहरी कार्यालय काभ्रेलाई खोजकार्य तथा आवश्यक कारवाहीका लागि पत्राचार गरेको थियो । बचतकर्तालाई बचत फिर्ताको लागि दिएका चेक पनि बाउन्स हुन थालेका छन् । डम्बरप्रसाद गौतमले सहकारीको अध्यक्ष नभएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । जबकी २०७५ असोज १९ गते उनकै अध्यक्षतामा बैठक बसेर सहकारीका विभिन्न निर्णय गर्दै ऋण लगानी र असुली गरिएको छ । बचतकर्ताहरुको घेरामा परेका बेला बनेपा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष हिटलर शाक्यको उपस्थितीमा बचतकर्ताहरुको सबै रकम फिर्ता गर्छु भन्दै कागज गरेका छन् । कुमार आफैले ब्यक्तिगत रुपमा १ करोड ३६ लाख ९१ हजार ५ सय ८३ रुपैया खर्च गरेको रेकर्डमा उल्लेख छ । उनले सहकारीबाट लगानी गरेको ऋण पनि परिवारका सदस्यमा मात्रै छ । ७ करोड भन्दा धेरै रकम उनले आफ्नै परिवारका सदस्यलाई लगानी गरेका छन् । बनेपा शाखाबाट ४४ जनाले लिएको ऋण मध्ये अशोक चौलागाई सानिआमाका छोरा, गणेशप्रसाद दुलाल मामा, सृजना दर्लामी मगर (कुमारको एकाघर), गायत्रराज ठकुरी (आफन्त), लक्ष्मी चौलागाई गौतम (बुहारी), उद्धव गौतम (भाई माईलो), गंगा श्रेष्ठ गौतम (माईली बुहारी), सहदेव चौलागाई (जेठान), मनिष कर्की (पसल प्रतिक सुज), नवराज धिताल (नाताको ज्वाई), देवि मल्ल (आफन्त) र अधिकांश ऋणीहरु रामेछापकै उनका गाउँका छन् । कतिलाई जानकारी नभईकन पनि कुमारले उनिहरुको नागरिकता फोटोकपीका आधारमा ऋण लगानी गरेर आफै खर्च गरेका हुन् ।
के गर्दैछ प्रहरी ?
जिल्ला प्रहरी प्रमुख एपसी भागेन्द्रपुरुष ढकालले सहकारीबाट ठगिएकाहरुको जोहरी लिएर अनुसन्धान शुरु गरिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयमा अलग्गै डेक्स स्थापना गरी सहकारीबाट ठगिएकाहरुको विषयमा अनुसन्धान शुरु गरिएको उहाँले बताउनु भयो । पीडितहरुका गुनासालाई सम्बोधन गर्न र आर्थिक अराजकतालाई कानूनी दायरामा ल्याउन प्रहरीले अलग्गै डेक्स स्थापना गरेको उहाँले बताउनु भयो ।









