2026 August 25/ 09:13: 40am

    बेथान्चोक/बेथान्चोक गाउँपालिका वडा नम्वर ४ मा रहेको कालिका माध्यमिक विद्यालयमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । 
    स्वास्थ्य प्रर्वद्धन नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नम्वर २ र कालिका माध्यमिक विद्यालयको संयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो । शिविरमा साधारण स्वास्थ्य जाँच, आँखा जाँच, महिला तथा स्त्रीरोग सम्वन्धी सेवा, दन्त सम्वन्धी उपचारबाट २ सय ६ जना ब्यक्तिहरुले सेवा लिएका छन् । आँखामा जटिल खालका रोग देखिएका विरामीहरुका लागि त्रिपुरेश्वर आँखा अस्पतालमा निशुल्क अप्रेशन गरिनेछ । गाउँपालिकाको समन्वयमा वडा कार्यालयको सहभागितामा स्थानीयहरुलाई सेवा प्रदान गरिने वडा अध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक बेदप्रसाद बजगाईका अनुसार शिविरमा सहभागिहरुलाई चस्मा र औषधी निशुल्क वितरण गरिएको थियो ।