बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष एवं चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतिराम तिमल्सिना दुई साता लामो चीन भ्रमणमा जानु भएको छ । हिजो बुधबार तिमल्सिना विकासोन्मुख देशमा रेडियोहरुको प्रविधिका सन्र्दभमा आयोजना गरिएको सम्मेलनमा भाग लिन चीनको बेईजिङ्ग प्रस्थान गर्नु भएको हो ।
दुई दशक लामो छापा पत्रकारिताको अनुभव, डेड दशक लामो रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता तथा नेपाल पत्रकार महासंघको सफल नेतृत्व गरिसक्नु भएका तिमल्सिना अहिले चेष्टा साप्ताहिक, नेपाल समाचारपत्र दैनिक, जनआश्था साप्ताहिक, प्राईम एफ एम १०४.५ मेगाहर्ज लगायतका संचारमाध्यममा कृयाशिल हुनुहुन्छ । धुलिखेल नगरपालिका प्रेस सल्लाहकार भईसक्नु भएका तिमल्सिना विभिन्न संघ संस्थामा सल्लाहकार तथा समन्वयको भूमिकामा हुनुहुन्छ । बदलिँदो परिस्थिती, प्रविधिको विकासमा रेडियोहरुको भूमिका र विकासका सन्दर्भमा चीन सरकारको आयोजनामा हुने सम्मेलनमा तिमल्सिनाको सहभागिता रहनेछ । तिमल्सिनाले ‘रेडियो टेक्नोलोजी फर डेभलपिङ्ग कन्ट्रिज’ सम्वन्धी प्रस्तुस्तीकरण समेत गर्नु हुनेछ । तिमल्सिनासँगै कपिलवस्तुका मनिषकुमार गुप्ता सहभागि हुनेछन् । २३ देशका २५ युवा पत्रकार सहभागि हुने कार्यक्रममा नेपालका तर्फबाट तिमल्सिना र गुप्ता सहभागि हुनुहुनेछ ।
यस अघि तिमल्सिनाले ९ दिन चीनमा भएको युवा पत्रकाहरुको सम्मेलनमा भाग लिई सक्नु भएको छ भने ७ दिन पाकिस्तानमा भएको निर्वाचनको पर्यबेक्षण गरिसक्नु भएको छ ।









