महाभारत, वुढाखानी/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ खालको लडाँई शुरु भएको बताउनु भएको छ । ‘जनयुद्धमा जनताले जसरी साथ दिनु भयो त्यसरी नै भ्रष्टाचार नियन्त्रणमा साथ दिनु हुने अपेक्षा गरेको छु’–प्रधानमन्त्री दाहालले भन्नुभयो–‘भ्रष्टाचार नियन्त्रणका लागि सबै क्षेत्रको साथ आवश्यक छ ।’
काभ्रेपलाञ्चोक जिल्लाको विटक पालिका महाभारतमा सडक शिल्यान्यास तथा विद्युत्तको केन्द्रिय प्रसारण लाईन मार्फत १ हजार ५ सय घरमा बल्न थालेको विजुली बत्तिको उद्घाटन गर्न बुढाखानीको किल्ला पुग्नु भएका प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । आसन्न भारत भ्रमणमा विद्युत्त उत्पादन र प्रसारणका बारेमा सम्झौता हुने बताउँदै प्रधानमन्त्री दाहालले दुई वर्षमा पूर्ण रुपमा नेपालका सबै बस्ति र घरधुरीमा विजुली पु¥याईसक्ने लक्ष्य रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आफुले सरकारको नेतृत्व गरे लगत्तै विगतमा अपमान गरिएका, पछि पारिएका क्षेत्र र ब्यक्तिका हकमा काम शुरु गरेको बताउँदै कर्णाली, सुदुरपश्चिम जस्तै महाभारत र खानिखोलालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । ‘खानिखोला पुग्ने खोपासी ताल्ढुंङ्गगा सडक, च्याम्राङ्गबेशी सडक, महाभारतका सबै सडक र कोखाजोर खोलामा विद्युत्त उत्पादनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग हुने छ’–प्रधानमन्त्री दाहालले भन्नुभयो–‘बागमति प्रदेश सरकार तथा स्थानीय दुई पालिका खानिखोला र महाभारतले शुरु गरेको जनमुक्ति लोकमार्गको कार्यलाई थप प्राथमिकता दिने छौं ।’ पाँच वर्ष भित्र विकास र सुशासन हेर्न पर्यटकहरु महाभारत र खानिखोला आउने गरी कार्य गर्न सरकारको तर्फबाट समन्वय हुने प्रधानमन्त्रीले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले २०७४ मा बुझाएका गाउँपालिकाका आवश्यकतालाई संघ र प्रदेश सरकारले प्राथमिकतामा राखिदिएकोमा धन्यवाद दिदै आगामी दिनमा पालिकालाई समृद्ध बनाउन महत्वपूर्ण सहयोगको अपेक्षा रहेको बताउनु भयो । महाभारत गाउँपालिका प्रदेश भित्रकै कम बेरुजु भएको पालिकाका रुपमा चिनिएको छ । शुशासनका हिसावले पनि गाउँपालिकाले गरेको कार्यलाई ध्यानाकर्षण गराउँदै विकटतालाई सहज र सरल बनाउन सडक, विद्युत्त, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारमा तिन तहकै सरकारले खेल्ने भूमिका महत्वपूर्ण हुने अध्यक्ष जिम्बाले बताउनु भयो । पुर्व राज्य मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्वर १ सांसद सुर्यमान दोङ्ग ‘लालध्वज’ले महाभारतको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले महाभारत र खानिखोला हुँदै मकवानपुर जोड्ने सडकलाई राष्ट्रिय राजमार्गका रुपमा विकास गरी जनमुक्ति लोकमार्ग निर्माणको कार्य प्रारम्भ गरिएको बताउनु भयो । मन्त्री दुलालले पछिल्लो समय विचार र ब्यवस्था माथी नै आक्रमण शुरु भएको बताउनु भयो । प्रतिनिधि सभा सांसद रुकु चौलागाईले जनयुद्धमा ब्यक्त गरेका सबै प्रतिवद्धताहरु क्रमश पुरा गरिदै जाने बताउनु भयो ।
बामगती प्रदेश सभा सांसद तथा पुर्व मन्त्री रत्न ढकालले विकट पालिकाहरुलाई प्रदेश सरकारलाई महत्वका साथ लिएको बताउनु भयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले विकासले अँध्यारो डाँडापारीलाई उज्यालो बनाउने अभियानलाई समन्वय गरिने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सरकारी सेवा र शान्ति सुरक्षाबाट डाँडापारीलाई पछि पर्न नदिईने बताउनु भयो । नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले विद्युत्त उत्पादन, प्रसारण र हरेक नागरिकको घर घरमा विजुली पु¥याउने अभियानलाई तिब्रता दिएको बताउनु भयो । कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशासकिय अधिकृत हरि सिं विष्ट, विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता थियो ।









