2026 August 24/ 06:54: 55am

मोतीराम तिमल्सिना
काभ्रे

    काभ्रेपलाञ्चोक जिल्लाको पनौती र पाँचखाल नगरपालिकामा लागु औषध दुब्र्यसनमा फसेका ब्यक्तिहरुका लागि सुधार गृह संचालन भएको छ । ब्यक्ति सुधारका नाममा दिईने यातनाका कारण पनौतीमा केहि वर्ष अघि एक युवकले ज्यान गुमाउन पुगेका थिए । संचालकहरु अहिले कारागारमा छन् । 
    युवाहरु लागु औषध प्रयोग गरेकै कारण निधन हुने क्रम पनि बढेको छ । एक साता अघि बनेपामा २० वर्षीया युवतीको निधन लागु औषधको अत्याधिक प्रयोगकै कारण भएको छ । लागु औषधकै कारण एचआईभी एड्स जस्ता प्राणघातक रोगको शिकार समेत हुनु परेको युवा पुस्ता दुब्र्यसनको दलदलमा फसेको हो । पछिल्लो समय प्रविधिको प्रयोगसँगै युवाहरु दुरुपयोग तर्फ उन्मुख हुन थालेका हुन् । अभिभावकहरुले विश्वासमा सन्तानलाई विद्यालय वा ब्यवसायमा पठाउँदा पनि बाटो बिराउँदा लागु औषध जस्तो दुब्र्यसनीमा फस्न थालेका हुन । प्रहरीले फेला पारेर पक्राउ गरेको अभियुक्तको संख्या थोरै छ तर सुधारका लागि चालिएका प्रयास पनि प्रभावकारी बन्न सकेका छैनन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ८ वटा मुद्दा दर्ता भए । लागु औषध नाईट्रोभेट र गाँजा सहित पक्राउ परेका ब्यक्तिहरुलाई मुद्दा चलाएको छ । अनुसन्धान गरेको छ । तर पनि अरनिको र विपी राजमार्गको केन्द्र ब्यापारीक नगरी बनेपामा लागु औषध ओसारपसारको केन्द्र बनिरहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ४ वटा मुद्दा दर्ता भएका छन् । चालु वर्षको ६ महिनामा ३ वटा मुद्दा दर्ता भएका छन् । पछिल्ला ३० महिनामा १५ वटा लागु औषधका मुद्दा दर्ता हुँदा २३ जना पक्राउ परेका छन् । एकजना महिला छन् । अझै चारजना मुद्दामा संलग्न ब्यक्ति फरार छन् । 
    लागु औषध नाईट्राभेट सहित बनेपा नगरपालिकामा आर्थिक वर्ष २०७७÷०७८ मा ३ वटा मुद्दा दर्ता भएको थियो । उक्त अभियोगमा ४ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा २ वटा मुद्दामा दुई जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिकामा लागु औषध अभियोगमा आर्थिक वर्ष २०७८/०७९ मा १ एउटा मुद्दा दर्ता भएको थियो । जसमा १ एक जना पुरुष पक्राउ परेका छन् । दुई पुरुष फरार छन् । भुम्लु गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ एउटा मुद्दा दर्ता भएको छ । जसमा दुई पुरुष पक्राउ परेका छन् । धुलिखेल नगरपालिकामा चालु आर्थिक वर्षको ६ महिनामा एउटा मुद्दा दर्ता भएको छ । 
    रोशी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा ३ वटा मुद्दा दर्ता भएका छन् भने सोहि अभियोगमा ३ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा १ वटा मुद्दामा ३ जना पक्राउ परेका छन् । त्यस्तै पनौती नगरपालिकामा लागु औषध अन्र्तगत गाँजाको कारोवार गरिरहेको अभियोगमा एउटा मुद्दा आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भयो । जसमा १ जना पक्राउ परे । चालु आर्थिक वर्षको ६ महिनामा ४ वटा मुद्दा दर्ता भएका छन् । जसमा ६ जना पुरुष र एकजना महिला पक्राउ परेका छन् । 
    तथ्याङ्कमा खानीखोला, महाभारत, नमोबुद्द, मण्डनदेउपुर, चौरीदेउराली, तेमाल र बेथान्चोक गाउँपालिकामा तीस महिनामा एउटा पनि लागु औषधका मुद्दा दर्ता भएका छैनन् । यसको मतलब त्यहाँ घटना नभएका र नहुने भन्ने होईन । प्रहरीले बरामद गरेका घटनामा ति पालिका बरादत छैनन् । सदरमुकाम धुलिखेलमा पनि अघिल्ला दुई आर्थिक वर्षमा त्यस्तो मुद्दा छैन । तर चालु वर्षको ६ महिनामा एउटा मुद्दा दर्ता भएको छ । लागु औषध ओसारपसार, प्रयोग तथा दुब्र्यसनीमा फसेकाहरुलाई उद्दारका लागि अझै प्रभावकारी सचेतना कार्यक्रम तीन तहकै सरकार, विद्यालय तथा समुदायमा हुनु आवश्यक छ ।