2026 August 24/ 05:04: 03am

       काभ्रे/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) काभ्रेको जिल्ला भेला केन्द्रिय अध्यक्ष डि.के ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
          प्रमुख अतिथी ढुङ्गानाले निजी विद्यालयहरुलाई राज्यले अझै फरक ढंगले हेर्ने गरेको बताउनु भयो  । ढुंङ्गानाले शैक्षिक गतिविधिलाई वृहत ढंगले विकास गर्नका निमित्त त्यसका स्टेक होल्डरहरुलाई परिणात्मक बनाउने र तिनीहरुलाई समय सापेक्ष विकास गरी परिमार्जन गर्दै लैजाने वताउनु भयो ।  राज्यबाट लगानी भएका सामुदायकि विद्यालयको शैेक्षिकस्तर निजी लगानीबाट सञ्चालन भएका विद्यालयको शैक्षिक अबस्था मुल्याङ्कन गर्न सरकारलाई आग्रह गर्नु भयो । शिक्षामा सामुदायिक भएपनि संस्थागत भएपनि प्रतिस्पर्धा हुनुपर्ने ढुङ्गानाले बताउनु भयो । राज्यबाट नै निजी विद्यालयहरुलाई विभेद भएका कारणले हामीले एउटा ढंगले चुनौती फेस गरिराखेको र त्यसमा प्याब्सन लडिरहेको ढुङ्गगानाले बताउनु भयो । 
           कार्यक्रममा महासचिव आरवि कटवाल,  उप–महासचिव भिमसेन केसी, केन्द्रिय सचिब हिरा शर्मा नेपाल, लगायतले शैक्षिक अबस्थाका बारेमा मन्तब्य राख्नु भएको थियो । भेलाको बन्दसत्रले प्याब्सनका आागामी २०८० का शैक्षिक कार्यक्रम, सदस्य विद्यालयहरुको शैक्षिक क्यालेण्डर, आचार संहिता र पाठ्यपुस्तकको एकरुपता गर्ने निर्णय भएको थियो । जिल्लामा निजी विद्यालयहरुले भोग्दै आएका समस्या र समधानका लागी सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने निर्णय भएको बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङले बताउनु भयो । 
           कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष महेन्द्र थिङले राख्नु भएको थियो भने धन्यबाद ज्ञापन उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले राख्नु भएको थियो । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठ, वागमती प्रदेश कोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, सल्लाहकार राममणी सापकोटा, प्राज्ञीक सल्लाहकार सरोज न्यौपाने, प्याब्सनका पद्याधिकारीहरु, पालिका प्याब्सन अध्यक्षहरु, सदस्य विद्यालयका प्रिन्सिपलहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष श्यामकुमार भुजेलले गर्नु भएको थियो ।