2026 August 24/ 07:00: 35am

धुलिखेल / माउण्ट भ्यु ईङ्गलिश बोर्डिङ्ग स्कुलको ३८ औ बार्षिक उत्सब तथा अभिभावक दिवस, पुरस्कार वितरण कार्यक्रम काठमाडौ विश्वविद्यालयका संस्थापक कुलपती शुरेसराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी शुरेसराज शर्माले नेपालमा शिक्षामा केहि भएन होईन शिक्षामा ठुलो फ्ड्को मारेको बताउनु भयो । विद्र्र्याीहरुलाई अनुशाशित,गुणस्तरीय,प्राविधिक शिक्षा प्रदानमा जोड दिनु पर्ने शर्माले बताउनु भयो । विद्र्र्याीहरुमा नैतिकता र पढ्ने बानी हराउदै गएकाले नैतिक शिक्षा अनिवार्य गर्न सुझाब प्रदान गर्नु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, विभिन्न विद्यालयका प्रिन्सिपल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल मुक्तिनाथ रिजालले प्रस्तुत गर्नु भएको थियो । रिजालले शेक्षिक सत्र २०७९ मा ४ सय ७५ जना विद्यार्थिहरुले अध्यापन गरिरहेका, विद्र्र्याीहरुलाई कक्षा कोठामा मात्रैको शिक्षा नभई बाहिरी शिक्षा समेत प्रदान गरि उनिहरुको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलापमा सहभागी गराउदै आएको प्रिन्सिपल रिजालले बताउनु भयो । कार्यक्रममा २०७६,०७७ र ०७८ को एस ई ई मा उतिर्ण विद्यार्थीहरु विदाई तथा सम्मान र  अभिभावक लाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले शैक्षिक प्रर्दशनी गरेका थिए भने विद्यालयले दन्त परिक्षण शिबिर सञ्चालन गरेको थियो । कार्यक्रम विद्यालयका ब्यबस्थापन समिती अध्यक्ष रोमि प्रसाद ब्यान्जुको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य शिक्षक कल्पना कुइृकेलले राख्नु भएको थियो ।