2026 August 25/ 08:37: 24am

 
बनेपा /संस्थागत विद्यालयहरु मध्ये जिल्लाकै पहिलो विद्यालय सिदार्थ अंग्रेजी माध्यमकि विद्यालयको ३९ औ अभिभावक दिबस सम्पन्न गरेको छ । 
बागमती प्रदेश सार्वजानीक निमार्ण ईकाईका प्रमुख डा. चन्द्र प्रसाद लुईटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी लुईटेलले काभ्रेको ईतिहास बोकेको विद्यालयमा आगामी दिनमा समेत शैक्षिक स्तरलाई खस्कन नदिन सुझाब दिनु भयो । नेपालै उत्कृष्ट विद्यालयका रुपमा रहदै आएको निजि क्षेत्रबाट सञ्चालित उक्त विद्यालयले काभ्रेको मात्रै नभई नेपालकै नाम र ईज्जत राख्न सफल भएको लुईटेलले बताउनु भयो । लुइृटेलले विद्र्र्याीहरुलाई अब प्राविधिक तथा ब्यबसायी तर्फ लगी स्वरोजगार मुलक शिक्षा प्रदान गर्न लाग्नु पर्ने बताउनु भयो । अहिलेको शिक्षाले विद्यार्थीहरु आफ्नै देशमा नबसी बाहिर जाने बढेकाले राज्यले नै नयाँ शिक्षा निती अपनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल गुन्ज प्रसाद लुइृटेलले राख्नु भएको थियो । लुईटेलले विाद्यलयले स्तरीयता, गुणस्तरीयता र प्रतिबद्धता गौरावन्दीत ईतिहासलाई निरन्तर दिने बताउनु भयो । विद्यालय विद्र्र्याीहरुको उत्कृष्ट रोजाईमा पर्न सफल भएको, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट हुदै आएको, २०५४ र २०६१ सालको एस एल सी परिक्षमा बोर्ड प्रथम भएको, २०५८ सालमा कक्षा १२ को परिक्षामा बोर्ड प्रथम भएको, २०७७ को शैक्षिक सत्र सम्म टप टेन भित्र पर्न सफल भएको, एस एल सि ÷एस ई. ई. मा २ हजार र कक्षा १२ मा ३ हजार विद्यार्थीहरु उतिर्ण भैई सकेका प्रिन्सिपल लुईटेलले बताउनु भयो । लुईटेलले विद्यालय बाट पासआउट विद्र्र्याीहरु सरकारी, तथा विभिन्न क्षेत्रमा कार्यरत रहेको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिबराज त्रिपाठी, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, अभिभाबक रामचन्द्र भट्टराई, कक्षा १० कि छात्रा कृष्णा श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ भरि गरिएका अतिरिक्त क्रियाकलापको फोटो प्रर्दशनी र सास्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक ज्ञानेश्वर निरौलाले राख्नु भएको थियो । कार्यक्रम विद्यालयका संस्थापक तथा विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।