2026 August 25/ 09:13: 33am

– पनौतीमा पुनः सुनिल धाँजु निर्वाचित
    पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाईले जेष्ठ यातायात मजदुर सदस्य राजेन्द्र न्यौपाने र रामकृष्ण सापकोटा दुई जनालाई नगद ५० हजार सहित सम्मान गरेको छ । त्यस्तै चालक दिपक ब्रम्हलवट, माधवनारायण घुल्लु, उमेश मानन्धर, निरोज बस्नेत, राजेन्द्र देशार सम्मानित भएका छन् । उनिहरुले डेडतोला चाँदीको तक्मा सहित ट्रफि प्राप्त गरेका छन् । त्यस्तै सह चालक दिपेश भुजेल, बासुदेव घिमिरे र सुबास तामाङलाई एक तोला चाँदी सहित ट्रफिले सम्मान गरिएको अध्यक्ष सुनिल धाँजुले बताउनु भयो । यस अघि संगठनले चार जना मजदुरहरुलाई नगद १ लाख सहित सम्मान गरेको थियो । दुर्घटना नगराउने, अनुशासित, संगठनमा निरन्तर सक्रिय र कृयाशिल मजदुरहरुलाई थप प्रेरणा र हौसला प्रदान गर्ने उदेश्यले सम्मान गरिएको संगठनका अध्यक्षहरुले बताएका छन् । त्यस्तै बेथान्चोक दुर्घटनामा निधन भएका चालक सन्तोष तिमल्सिनाको आमा सावित्री तिमल्सिनालाई १ लाख ५० हजार नगद हस्तान्तरण गरिएको थियो । 
    पनौतीमा आयोजित कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरेले मजदुरहरुका तमाम समस्याका बाबजुत नागरिकहरुलाई सहज सेवा दिईरहेको बताउनु भयो । पािर्कङ्ग, ट्राफिक नियम तथा क्षेत्र, लाईसेन्स प्राप्ति प्रकृया र दुर्घटना भई सके पछिको अवस्थामा मजदुरलाई गरिने ब्यवहार र दृष्टिकोण फरक भएकाले मजदुरहरु संकटमा परेको उपाध्यक्ष घिमिरेले बताउनु भयो । यसका बाबजुत पनि मजदुरहरुले सेवा दिने क्रममा पालना गर्नु पर्ने भद्रता, शिष्टता र अनुशासन पालना गर्न उपाध्यक्ष घिमिरेले निर्देशन दिनु भयो । पनौती नगरपालिका वडा नम्वर ४ का अध्यक्ष दिपक दाहालले मजदुरहरुले गर्ने श्रम र सिपका आधारमा मात्रै मुलुकको आर्थिक उन्नती र समृद्धी हुने बताउनु भयो । श्रमको सम्मान सबैले गर्नु पर्ने र मजदुरका हक हित र मजदुरहरुले भोगेका समस्या समाधानमा सबै क्षेत्रले उत्तिक्कै दायित्व निर्वाह गर्नु पर्ने अध्यक्ष दाहालले बताउनु भयो । 
    अध्यक्ष सुनिल धाँजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोरा, ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवाल, संगठनका केन्द्रिय सदस्य कमल सापकोटा, बागमति प्रदेश उपाध्यक्ष बेदप्रसाद घिमिरे, सचिव मिनकुमार श्रेष्ठ, काभ्रे पुण्यवती प्रालीका कार्यालय प्रमुख शुभराज जोशी, मजदुर नेता विदुर खत्री, संगठनका उपाध्यक्ष जगतबहादुर श्रेष्ठ, सचिव शेषनाथ घिमिरे लगायतले संगठनका विषयमा धारणा राख्नु भएको थियो । बनेपा र धुलिखेल दुबै संगठनहरुमा नयाँ नेतृत्वका लागि प्रकृया शुरु भएको छ । अधिबेशनको बन्द सत्रले पुनः सुनिल धाँजुको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।