2026 August 25/ 07:46: 20am

– फागुन २७ मा युवाहरुको अधिबेशन
    धुलिखेल/नेकपा एमाले काभ्रेले केन्द्रिय निर्देशन र अभियान अन्र्तगतको मिसन ग्रासरुटलाई निरन्तरता दिएको छ । जिल्लाका १३ वटै पालिकामा कमिटीका बैठक आयोजना भएका छन् । बैठकमा आगामी कार्यक्रम र योजनाका बारेमा छलफल गरी तालिका तयार गरिएको छ । केन्द्रिय कमिटी, जिल्ला कमिटी तथा मातहतका कमिटीहरुले योजना अनुसार कार्य हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    त्यहि अभियान अन्र्तगत फागुन २७ गते शनिबार राष्ट्रिय युवा संघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १० औं जिल्ला अधिबेशन पर्यटकीय नगरी धुलिखेलमा हुने भएको छ । अधिबेशनको उद्घाटन पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाले गर्ने राष्ट्रिय युवा संघ काभ्रेले जानकारी गराएको छ । अधिबेशनका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलन कार्यक्रममा जिल्ला संयोजक सागर रायमाझीले अधिबेशनको सम्पूर्ण तयारी सकिएको बताउनु भयो । अधिबेशनका लागि विभिन्न उप समितिहरु गठन गरी कार्य गरिरहेकाले सबै उप–समितिहरुको तयारी सकिएको संयोजक रायमाझीले बताउनु भयो । युवाहरु विदेश पलायन रोक्न श्रम र सिपसँग जोडिने गरी कार्यक्रम तय गरी जिल्लामा रहेका १३ वटै पालिका र १ सय ३५ वटै वडामा परिचालन गरिने गरी अधिबेशनले विशेष योजना तय गर्ने संयोजक रायमाझीले बताउनु भयो । ‘अधिबेशनका लागि १३ वटा पालिका, वडा, क्षेत्र र निर्वाचन क्षेत्रिय कमिटी, जिल्ला कमिटी तथा मनोनित समेत गरी ४ सय ५५ जना प्रतिनिधिहरु सहभागी हुनेछन्’– संयोजक रायमाझीले भन्नुभयो–‘अधिबेशनका लागि हुने खर्च स्वयम् प्रतिनिधि र शुभचिन्तकहरुबाट ब्यवस्थापन हुनेछ ।’ अधिबेशनले अध्यक्ष सहित ७५ सदस्यीय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । 
    अधिबेशनको पूर्व सन्ध्यामा राष्ट्रिय युवा संघले धुलिखेल नगर भित्र मोटरसाईकल ¥याली गर्नेछ । अधिबेशनको खुल्ला सत्रमा पार्टी कमिटीका जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष अमित लामा सहितका नेताहरुले सम्बोधन गर्नेछन् । पत्रकार सम्मेलनमा प्रचार प्रसार विभाग प्रमुख सिवी लामाले जिल्लामा हुने लागेको अधिबेशनको प्रचार प्रसार तथा तयारी सकिएको बताउँदै युवाहरुको सिपलाई योजना र समृद्धी तर्फ उन्मुख गराउने अभियानमा युवासंघ कृयाशिल भएको बताउनु भयो । कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज राकेश लामा, जिल्ला कमिटी सदस्य एवं जिल्ला इन्चार्ज होमप्रसाद चौलागाई लगायतले युवा संघको जिल्ला अधिबेशनका सन्र्दभमा धारणा राख्नु भएको थियो । केन्द्रिय अधिबेशने चैत्र २७ गते आयोजना गरिएको छ ।