२७ महिनासम्म भएन फैसला
मोतीराम तिमल्सिना
धुलिखेल
अपहरण तथा शरीर बन्धक अभियोगमा २०७७ असोज १६ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दाको अझै फैसला हुन सकेको छैन । पछिल्लो समय २०७९ पुष ११ गते पेशी तोकिए पनि उक्त मुद्दाको अझै फैसला हुन सकेको छैन । अदालतको आदेशले दुई बालक २७ महिना देखि बालसुधार गहृमा छन् । बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ४ मा बाल न्याय सम्वन्धी बुँदा नम्वर ३७ मा मुद्दा किनारा गर्नु पर्ने अवधी उल्लेख गरिएको छ ।
उक्त बुँदामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बाल अदालतको मुद्दा दायर भएको मितिले सामान्यतया एक सय बीस दिनभित्र मुद्दाको किनारा गर्नु पर्नेछ र यस्ता मुद्दाको कारवाही र किनारा गर्दा निरन्तर सनुवाईको आधारमा गर्नु पर्नेछ । काभ्रेपलाञ्चोक जिल्लामा पनि बालमैत्री इजलाश छैन । उक्त इजलाशमा बालबालिका सम्बन्धी २२ वटा मुद्दा चालु वर्षका लागि दर्ता भएकोमा १० वटा फछ्र्याैट भएका छन् । बाँकी १२ वटा मुद्दा निरन्तर सुनुवाई गर्नु पर्ने भए पनि विविध कारण रोकिएका छन् । चौरीदेउराली गाउँपालिकाको उक्त मुद्दा पनि सोहि कारण २७ महिना सम्म फैसला हुन नसकेको हो । बालबालिकाविरुद्ध दर्ता भएका मुद्दा सम्बन्धी मसिंर महिना सम्मको तथ्यांकले भन्छ – ‘बालबालिकाहरु आफै वा अन्य माध्यमबाट अपराधमा संलग्न भएका छन् । गराईएका छन् । जर्बजस्तिमा परेका छन् ।’ जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उप–सचिव गोविन्द घिमिरेले बालबालिकाहरु सम्बन्धी मुद्दा बाल इजलाश मार्फत सुनुवाई भईरहेको बताउनु भयो । बालबाललिका सम्बन्धी मुद्दा बाल ईजलाश मार्फत निरन्तर सुनुवाईका लागि पठाईएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।
‘प्राविधिक कारणबाट निरन्तर सुनुवाईको माध्यमबाट पनि समय भित्रै फैसला हुन नसकेको हो’–उप सचिव श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘कानूनले तोकेको अवधी भित्रै फैसला गर्ने प्रयास हुँदा हुँदै विविध कारण सम्भव भएको छैन । दर्ता भएका मुद्दा समयै फैसला गर्ने प्रयास भएको छ ।’ प्रशासनिक कार्य, निर्वाचन तथा अन्य कार्यमा समेत इजलाश नम्वर एक कै न्यायाधीशले गर्नु पर्ने र बाल इजलाशको मुद्दा समेत सोहि इजलाशले हेर्नु पर्ने भएकाले पनि बालबालिका सम्बन्धी मुद्दा सुनुवाईमा ढिलाई भएको हो । साँघुरो भवन, जनशक्तिको अभाव, सरोकारवालाको बेवास्ताका कारण काभ्रेपलाञ्चोक जिल्लामा बालमैत्री इजलास स्थापना हुन नसकेको हो ।
बालबालिकाहरु माथी भएको बाल यौन दुब्र्यवहार, जबरजस्ती करणी, हाडनाता करणी, सवारी अंगभंग, डाँका चोरी, अभद्र ब्यवहार, अपहरण तथा शरिर बन्धक, झुटा विवरण पेश गरी नागरिकता लिएको, जर्बजस्ती करणी र चोरी, शरीर बन्धक र जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान अभियोगमा दर्ता भएका मुद्दाहरुका बारेमा निरन्तर सुनुवाई भईरहेको छ । मुद्दामा संलग्न २२ बालबालिकाहरु मध्ये १३ जना बालसुधार गृहमा राखिएका छन् । अदालतले ६ जना बालबालिकाहरु अभिभावको जिम्मेवारीमा छाड्ने आदेश गरेको छ । तीन जना बालबालिकाहरुको हकमा हरेक महिना सन्तानको आचरण बुझाउने गरी अभिभावकको जिम्मा लगाईएको छ । अघिल्लो वर्षको जिम्मेवारी सरी आएका ११ र चालु वर्ष दर्ता भएका ११ गरी २२ वटा बालबालिका सम्वन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएका थिए । जसमध्ये चालु वर्षमै १० वटा फर्छर्र्याैट भएको श्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो । अझै १२ वटा मुद्दा फर्छर्याेट हुन बाँकी छन् । बाल इजलाशमा २७ महिना पुराना मुद्दा पनि बाँकी छन् । २०७८ असोज १८ गते दर्ता भएको नेपाल सरकार बादी रहेको जर्बजस्ती करणी सम्बन्धी मुद्दामा संलग्न एक जना बालक बालसुधार गृहमा छन् । उनको पेशी पौष १७ गते तोकिएको भए पनि फैसला हुन सकेन ।
२०७८ मंसिर ६ गते दर्ता भएका हाडनाता करणी सम्बन्धी मुद्दाको फैसला पनि हुन सकेको छैन । बालसुधार गृहमा पठाईएका बालकको परिक्षण प्रतिवेदन समयमा प्राप्त नभएका कारण फैसला हुन नसकेको हो । अदालतले पछिल्लो समय २०७९ मंसिर १६ गते परिक्षण प्रतिवेदनको ताकेता गरेको थियो । आफ्नै बहिनीलाई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बालक सुधार गृहमा छन् । २०७८ मंसिर १७ गते सवारी अंगभंग मुद्दामा संलग्न बालकलाई अभिभावकको जिम्मामा छाडिएको छ । उनको बकपत्र २०७९ पुष ३ गते गरिएको छ । फैसला हुन बाँकी छ । बाल यौन दुब्र्यवहार सम्वन्धी २०७८ जेठ १८ गते दर्ता भएको मुद्दा २०७९ साउन १२ गते फैसला भएको छ ।
डाँका चोरी अभियोगमा संलग्न भएका बालबालिकाहरुको मुद्दा २०७८ मंसिर २४ गते दर्ता भएको थियो । २०७९ मसिंर २९ गते फैसला भएको छ । सोहि अभियोगमा चार जना बालबालिकाहरु संलग्न थिए । उनिहरु सबैलाई बालसुधार गृहमा पठाउने फैसला भएको छ । अभद्र ब्यवहारमा संलग्न भएका दुई जना बालकहरुलाई २०७९ मसिंर २५ गते अभिभाववको जिम्मेवारीमा पठाउने फैसला भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दर्ता गरेको २०७८ चैत्र २ गते झुटो विवरण पेश गरी नागरिकता लिएको अभियागमा फैसला भएको छ । २०७९ मसिंर १८ गते अभिभावकको जिम्मेवारीमा छाड्ने आदेश भएको छ । अदालतले उक्त मुद्दामा दावी पुग्ने फैसला गरेको छ । २०७९ बैशाख १२ गते दर्ता भएको जर्बजस्ती करणी र चोरी अभियोगमा संलग्न मुद्दाको २०७९ कार्तिक ६ गते बालसुधार गृहमा पठाउने फैसला गरेको छ । डाँका चोरी अभियोगको अर्काे मुद्दामा २०७९ असोज ५ गते फैसला भएको छ । उक्त मुद्दामा २०७९ जेठ २६ गते मुद्दा दर्ता भएको थियो । अपराधमा संलग्न २ जनालाई बालसुधार गृह पठाउने फैसला भएको छ । २०७८ चैत्र २७ गते दर्ता भएको अभद्र ब्यवहार मुद्दाका अभियुक्त दुई बालकलाई २०७९ मंसिर २५ गते अभिभाववको जिम्मामा छाड्ने फैसला भएको छ । २०७९ जेठ २२ गते जर्बजस्ती करणी अभियोगमा दर्ता भएको मुद्दामा संलग्न बालकलाई बालसुधार गृह पठाउने फैसला २०७९ भदौ २३ गते भएको छ । शरिर बन्धक र जर्बजस्ती करणी अभियोगमा पक्राउ परेका बालकलाई २०७९ साउन २ गते बालसुधार गृह पठाउने आदेश भएको छ । उनी विरुद्ध २०७९ साउन १ गते अभियोग दर्ता भएको थियो । डाँका चोरी, सवारी ज्यान र जर्बजस्ती करणी तीन बालक बालसुधार गहृमा छन् । बाल यौन दुब्र्यबहार अभियोगका एक बालक तारेखमा छुटेका छन् भने ज्यान मार्ने उद्योग अभियोगका एक बालक अभिभावकको जिम्मेवारीमा छन् । बाल इजलाशमा स्थानान्तरण भएको बाल यौन दुब्र्यवहार सम्वन्धी मुद्दामा सहभागी बालकको सजायँ निर्धारण हुन बाँकी छ । अभद्र ब्यवहारमा संलग्न बालकको मुद्दा २०६९ असोज ५ बाल इजलाशमा स्थानानन्तरण भए सँगै २०७९ मंसिर १८ गते अभिभावकको संरक्षण भई तारेखमा छाडेको छ ।
सवारी ज्यानमा पक्राउ परेका बालकलाई बाल सुधार गृह पठाईएको छ । उनको अभियोग २०७९ कार्तिक ६ गते दर्ता भएको थियो । कार्तिक ६ गते नै अभद्र ब्यवहारमा दर्ता भएको अभियोगमा संलग्न बालकलाई अभिभावकको संरक्षणमा तारेखमा छाडिएको छ । २०७९ मसिंर १४ गते जर्बजस्ती करणी अभियोगमा पक्राउ परेका बालकलाई मसिंर १५ गते बालसुधार गहृमा पठाईएको छ । चालु वर्षमा ११ वटा जर्बजस्ती करणी सम्वन्धी मुद्दाको फैसला भएको श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनुभयो । बालबालिकाहरुको मुद्दालाई अदालतले प्राथमिकतामा राखेको भए पनि विभिन्न कारणबाट ढिलाई हुने गरेको छ । जिल्ला न्यायाधिश बाल इजलासका मुख्य ब्यक्ति हुन् । सर्वोेच्च अदालतले हरेक जिल्लामा बालबालिकाहरु सम्वन्धी मुद्दामा निरन्तर बहस र सुनुवाईका लागि बालइजलाश गठन गर्ने गरी जारी गरेको निर्देशिका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा विगत दुई वर्ष देखि यो इजलाश सक्रिय रहेको श्रेस्तेदार गोन्विन्द घिमिरेले बताउनु भयो ।









