बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औ स्थापना दिवस तथा बार्षिक साधारण सभा केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएका छ ं।
साधारण सभामा बार्षिक प्रतिवेदन सचिव कपिल कोईराला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष केदारप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष विनोद न्यौपानेले धन्यवाद ब्यक्त गर्नु भएको कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधि र निर्वाचन संचालनमा सहयोग गर्ने जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी सहितको टिमलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । साधारण सभाले पत्रकारहरुको पेशागत सुरक्षा लगायतका विषयमा विशेष निर्णय गरेको छ ।









