2026 August 23/ 06:36: 53pm

    बनेपा/बेथान्चोक गाँउपालिका वडा नम्बर ४ को चलालमा गत मंसिर २७ गते बस दुर्घटनमा मृत्यु भएका परिवारलाई काजक्रिया खर्च बापत काभ्रे पुण्यवती यातायात सेवा प्रालिले रकम उपलब्ध गराएको छ । उक्त बस रिर्जभमा गएको थियो । 
    प्रालिका अध्यक्ष राजेश सुन्दर सैजुले प्रालिले मृतकका परिवारलाई रकम र दुर्घटनामा घाईते भएकाहरुलाई उपचारमा कुनै कमि हुन नदिएको बताउनु भयो । दुर्घटना भनेकै भवितब्य हुने भएकाले यसमा सबै सचेत हुनु पर्ने सैजुले वताउनु भयो । सडकका कारण, सवारी र चालकका कारणले पनि दुर्घटना हुने भएकाले प्रालिले चालकहरुलाई समय समयमा दुर्घटना न्युनिकरण गर्ने सम्बन्धी प्रशिक्षण दिदै आएको वताउनु भयो । प्रालिका कार्यलय प्रमुख शुभराज जोशिले प्रालिले प्रचलित कानुन अनुसार मृतकका परिवारलाई जतिसक्दो छिटो क्षतिपुर्ति प्रदान गर्ने बताउनु भयो ।